कारोबार


ग्राहकका आकर्षण विद्युतीय ‘मिनी कार’, कुनको विशेषता कस्तो?

ग्राहकका आकर्षण विद्युतीय ‘मिनी कार’, कुनको विशेषता कस्तो?

नाडा अटो शोमा राखिएका विद्युतीय मिनी कार। तस्बिर : वसन्त अर्याल


वसन्त अर्याल
भदौ २९, २०८० शुक्रबार २१:५, काठमाडौँ

काठमाडौंमा चलिरहेको नाडा अटो शोमा अवलोकनकर्ताले विद्युतीय ‘मिनी कार’लाई आकर्षणका रुपमा लिएका छन्। 

अटो शो सुरु हुनुअघि सार्वजनिक भएका मिनी कारमा अवलोकनकर्ताको नजर गएको हो।

एमजी, सेरेस र वुलिङले मिनी कार प्रर्दशनीमा राखेका छन्। नाडा अटो शोमा राखिएका यी कार सस्ता भएकाले धेरैको चासो आएको हो।
सहरी क्षेत्रमा चलाउन उपयुक्त गाडीको खोजीमा चासो लिएर सोधपुछ गर्ने धेरै छन्। 

१४ लाखबाट सुुरु हुने गाडीका लागि बैंकहरुले ८० प्रतिशतसम्म कर्जा प्रवाह गर्छन्। मिनी विद्युतीय कार एकपटकको चार्जमा १८० किलोमिटर देखि ३०० किलोमिटरसम्म चल्न सक्षम छन्।

सार्वजनिक भएकामध्ये कमेट इभीमा १७.३ किलोवाट क्षमताको ब्याट्री छ। भारतमा बनेको कमेटले २३० रेञ्ज  दिन्छ। 

नाडा अटो मोबाइल्स एशोसिएनसनका अनुसार ७० प्रतिशत अवलोकनकर्ता विद्युतीय गाडीमा आकर्षित छन्।

नाटा अटो शोमा सस्तो विद्युतीय  गाडीका रुपमा भित्रिएको टाटाको टिगायो, बीवाईडीको डल्फिन, सेरस ३, ग्रेटवाल मोटर्सको ओरा ३ र नेटा युमा सबैभन्दा धेरैले चासो राखेका छन्। 

सेरेसको मिनी इभी १३ लाख ९९ हजारमै 
सेरेस नेपालले मिनी इभी १३ लाख ९९ हजार रुपैयाँमै नेपाली बजारमा सार्वजनिक गरेको छ। 

२५ किलोवाटको मोटर रहेको गाडीले १०० एनएम टर्क जेनेरेट गर्छ। ब्याट्री क्षमता १३.८ किलोवाट आवर छ। 

एक पटकको चार्जमा १८० किमीसम्म कुद्छ। मिनी इभीमा बढी ब्याट्री क्षमताको लिने विकल्प पनि कम्पनीले दिएको छ।

यसको ड्राइभिङ सिटमा एयरब्याग पनि छ। ४ वटा कलरमा उपलब्ध हुने गाडीको लम्बाइ ३ हजार ३० एमएम, चौडाइ १४ सय ९५ एमएम, उचाइ १६ सय ४० एमएम रहँदा ह्वीलबेस १९ सय ६० छ। 

चिनियाँ ब्रान्डको सेरेस हालैमात्र नेपाली बजारमा आइपुगेको हो। 

एमजीको कोमेट १७ लाख ९९ हजार
कोमेटमा ३१.२६ किलोवाटको मोटर छ। गाडीले ११० एनएम टर्क जेनेरेट गर्छ। गाडीमा आईपी ६७ रेटेड ब्याट्री, डुअल फ्रान्ट एयर ब्याग, पार्किङ सेन्सर छन्।

फिचर्सहरुमा एलइडी स्क्रिन, रिमोट सेन्ट्रल लकिङ, म्यानुअल एसी लगायत छन्। एमजी कमेट इभी प्ले र पेससहित २ वटा भेरियन्टमा उपलब्ध छन्।

कोमेट इभी २ वटा भेरियन्टमा छ। एमजी कमेट इभीको मूल्य १७ लाख ९९ हजार रूपैयाँ तोकिएको छ। 

कोमेट इभी प्लेको २० लाख ९९ हजार रुपैयाँ छ। गाडीको लम्बाइ २९ सय ७४ एमएम, चौडाइ १५ सय ५ एमएम, उचाइ १६ सय ४० एमएम रहँदा ह्वीलबेस २ हजार १० एमएम छ। 

कम्पनीले हाइभोल्टेज कम्पोनेन्टमा ३ वर्ष वा १ लाख किलोमिटर र ब्याट्री प्याकमा ८ वर्ष वा १ लाख २० हजार किलोमिटरसम्म वारेन्टी हुन्छ। कोमेट प्लेमा २० सिएमको इन्फोटेन्मेन्ट सिस्टम छ। 

वुलिङ एयरको २० लाख ९९ हजार
नेपाली बजारमा वुलिङ एयर इभी बज्र ग्रुप अन्तर्गतको इभी नेपाल मोटर्सले बिक्री गर्दै आएको छ। २०० र ३०० किलोमिटर रेन्ज दिने दुई भेरिएन्टमा वुलिङ एयर इभी उपलब्ध छ। स्ट्यान्नर्ड रेन्जको  मूल्य २० लाख ९९ हजार र लंग रेन्जको ३० लाख ९९ हजार छ। 

गाडीमा २ एयरब्याग छन्। ३० किलोवाटको मोटर रहेको गाडीले ४१ पीएस र ११० एनएम टर्क जेनेरेट गर्छ। स्ट्यान्डर्ड रेन्जमा १७.३ किलोवाट आवरको ब्याट्री छ। लंग रेन्जको गाडीमा २६.७ किलोवाट आवरको ब्याट्री छ। 

२ वटा ढोका भएको गाडीमा ४ वटा सिट छन्। वुलिङ ईभीले इन्डोसियामा एसएआईसी र जीएमसँगको ज्वाइन्ट भेन्चरमा विभिन्न सवारी साधन उत्पादन गर्ने गरेको छ। वुलिङ एयर इभी इन्डोनेसिया लगायतमा बढी चर्चित छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .