अमेरिकी ब्रान्ड ब्लाक एन्ड डेकरले जाडोलाई लक्षित गरेर ‘विन्टर चिल्स, सिजलिङ डिल्स’ क्याम्पेन सार्वजनिक गर्दै जाडोमा उपयोगी विभिन्न उपकरणहरू आकर्षक छुट सहित बजारमा ल्याएको छ।
जाडो महिनामा घरायसी कार्य सहज बनाउने उपायलाई मध्यनजरमा राखेर ब्लाक एण्ड डेकरले जाडोलाई विशेष लक्षित गरी यस क्याम्पेन अन्तर्गत ओएफआर हिटर, पिटिसि हिटर, एअर ह्युमिडिफायर, फ्यान हिटर, एअर फ्राइर, इलेक्ट्रिक ओभन, ओटिजि ओभन, इलेक्ट्रिक प्रेसर कूकर, कफी मेकर र कित्ली जस्ता अत्यन्तै उपयोगी उत्पादनहरू आकर्षक मूल्यमा बजारमा ल्याएको जनाएको छ।
अन्तर्राष्ट्रिय ब्रान्ड ब्लाक एण्ड डेकरका उत्पादनहरु आधुनिक डिजाईनका टिकाउ र भरपर्दो रहेको र यी उत्पादनहरुको प्रयोगले उपभोक्ताहरुको जनजीवन सहज हुनेमा कम्पनी विश्वस्त छ।
ब्लाक एण्ड डेकरले प्रविधिको क्षेत्रमा नवीनता र आयाम थप्दै आफ्नो सुरुवाती दिनहरूदेखि नै नेपाली बजारमा सर्वाधिक लोकप्रियता बटुल्दै आइरहेको कम्पनीले दाबी गरेको छ।
ब्लाक एण्ड डेकरका हरेक उत्पादनहरुमा २४ महिनाको वारेन्टी रहेको छ। नेपालको लागि ब्लाक्क एण्ड डेक्कर ब्राण्डका आधिकारिक बिक्रेता चौधरी ग्रुप रहेको छ।
Shares

प्रतिक्रिया