कारोबार


रोयल इन्फिल्डद्वारा ‘लेडि बाइकर्स् राइड’ आयोजना

रोयल इन्फिल्डद्वारा ‘लेडि बाइकर्स् राइड’ आयोजना

नेपालखबर
पुस २९, २०८० आइतबार १९:२८, काठमाडौँ

रोयल इन्फिल्डको लेडि बाइकर्स् राइड आयोजना भएको छ।

निरन्तर उत्पादनमा सबै भन्दा पुरानो मोटरसाइकल ब्रान्ड, रोयल इन्फिल्डका लागि आधिकारिक बिक्रेता अल्फा अटोमोटिभ प्रालिले ह्यास इन्स्पायर–इन्क्लुजन भन्ने मूल नाराका साथ ‘रोयल इन्फिल्ड लेडि राइड कार्यक्रम आयोजन गरिएको जनाएको छ।

यस राइडमा २२ वटा विभिन्न मोडलका रोयल इन्फिल्डका मोटरसाइकलमा लेडि बाइकर्स् सहभागी भएका थिए।

यस कार्यक्रमको मुख्य उद्देश्य रोड सेफ्टी अवार्नेस, प्रोमोटिङ सिस्टेमेटिक राइड, वुमेन इम्पावरमेन्ट इन्सपायर इन्क्लुजन र टु ह्विल राइड टुरिजम प्रबर्द्धन गर्नु रहेको अल्फा अटोमोटिभ प्रालिले जनाएको छ।

पुस २८ गते बिहान ८ः३० बजे रोयल इन्फिल्डको शोरूम टेकुबाट सुरु भएको यो राइड त्रिपुरेश्वर, न्युरोड गेट, जमल, दरबार मार्ग, कमलपोखरी, कालो पुल, गौशाला, चाबहिल, बौद्ध, जोरपाटि हुँदै ग्राण्ड नोरलिङ रिर्सोट गोकर्णसम्मको रहेको थियो।

नोरलिङ रिसोटमा लेडि राइडस्बीच बाइक पुस कम्पिटिसन, रोयल इन्फिल्डका हेल्मेट टावर कम्पिटिसन र म्युजिकल चियर कम्पिटिसन गेम भएको थियो जसमा बाइक पुस कम्पिटिसनको विजेता प्रशंसा थापा, रोयल इन्फिल्डका हेल्म्मेट टावर कम्पिटिसनका विजेता सिर्जना भट्ट र म्युजिकल चियर कम्पिटिसन गेमका विजेता वर्षा कार्की भएका छन्।

सहभागी एवं विजेता लाई सहभागिताको प्रमाण पत्र र रोयल इन्फिल्डको ग्राफिटी हेल्मेट, रोयल इन्फिल्डको राइडिङ पन्जा, पासपोर्ट होल्डर प्रदान गरिएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .