कारोबार


नेपालीको उपभोग खर्च ९२ प्रतिशत, ४४ प्रतिशत निजी खानपानमा

नेपालीको उपभोग खर्च ९२ प्रतिशत, ४४ प्रतिशत निजी खानपानमा

नेपालखबर
बैशाख १८, २०८१ मंगलबार १८:४९, काठमाडौँ

नेपालीहरुले ९२.३८ प्रतिशत उपभोगमा खर्च गर्दै आएका छन्।  

चालू आर्थिक वर्ष २०८०/८१ मा ९२.३८ प्रतिशत अन्तिम उपभोग खर्च हुने प्रारम्भिक अनुमान गरिएको हो। 

गत आर्थिक वर्ष २०७९/८० माको ९२.५९ प्रतिशत अन्तिम उपभोग खर्च हुने संशोधित अनुमान गरिएको थियो। 

आर्थिक वर्ष २०७८/७९ को अन्तिम तथ्याङ्कअनुसार उक्त वर्षमा ९३.४२ प्रतिशत अन्तिम उपभोग खर्च भएको थियो।

अन्तिम उपभोग खर्चमा खानपानमा सबैभन्दा बढी खर्च हुने गरेको छ।

कुल गार्हस्थ्य उत्पादनको ४४ प्रतिशत निजी खानपान र ३० प्रतिशत खर्च निजी सेवामा हुने गरेको छ।

१७ प्रतिशत खानपानबाहेकको निजी खर्चमा हुने गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .