यो साता सेयरबजारमा लगातार वृद्धिसँगै ५ अर्बमाथिको कारोबार भएको छ।
आइतबार ५ अर्ब २५ करोड, सोमबार ५ अर्ब ८५ करोड र आज मंगलबार ५ अर्ब २० करोडको कारोबार भएको हो।
तेस्रो कारोबार दिन आज नेप्से २३.९४ अंकले बढेर २११५.९४ विन्दुमा पुगेको छ।
योसँगै मंगलबार ५ अर्ब २० करोडको कारोबार भएको छ। १ करोड ३२ लाख ४१ हजार २ सय १७ कित्ता सेयर बिक्रीमा उक्त परिमाणको कारोबार भएको हो।
मंगलबार १९४ कम्पनीको सेयर मूल्य बढ्दा ४३ वटाको घटेको र ९ वटाको पुरानै मूल्यमा कारोबार भएको छ।
आज सर्वाधिक आम्दानी गर्नेमा जानकी फाइनान्स (१० प्रतिशत), नेरुडे मिर्मिरे लघुवित्त (१० प्रतिशत), सामुदायिक लघुवित्त (१० प्रतिशत), बुद्धभूमि नेपाल हाइड्रो (९.९९ प्रतिशत) र मध्यभोटेकोशी जलविद्युत् कम्पनी (९.९७ प्रतिशत) का लगानीकर्ता छन्।
आज लगानीकर्ताले ४.२८ प्रतिशतसम्म प्रतिसेयर नोक्सानी व्यहोरेका छन्। सर्वाधिक कारोबारमा आज पनि पोखरा फाइनान्स अगाडि छ। कम्पनीको २४ करोड ६४ लाख रुपैयाँको कारोबार भएको छ।
Shares
प्रतिक्रिया