ad ad

कारोबार


अफ्रिकाका ४० वित्तीय संस्थालाई चीनकाे तीन अर्ब अमेरिकी डलर ऋण

अफ्रिकाका ४० वित्तीय संस्थालाई चीनकाे तीन अर्ब अमेरिकी डलर ऋण

सिन्ह्वा
असार १७, २०७६ मंगलबार ८:२९,

बेइजिङ चिनियाँ विकास बैंक (सीडीबी)ले अफ्रिकाका ४० वटा वित्तीय संस्थाहरुलाई तीन अर्ब २० करोड अमेरिकी डलर ऋण उपलब्ध गराउन सहमत भएको छ।

सीडीबीसँग चीन–अफ्रिका अन्तर बैंक संघ (काइबा)सँग आबद्ध १० वटा सदस्य बैंक रहेका छन्। यी बैंकमार्फत अफ्रिकामा पूर्वाधार, साना तथा मझौला उद्यम र अन्य क्षेत्रका १६ वटा परियोजनाका लागि एक अर्ब ८० करोड डलरका कार्यक्रम स्वीकृत गरिएको छ।

सीडीबीको अग्रसरतामा सन् २०१८ को सेप्टेम्बरमा काइबा स्थापना गरिएको थियो। काइबामा सीडीबी र १६ वटा अफ्रिकी वित्तीय संस्थाहरु सदस्य रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .