ad ad

कारोबार


आँखु खोला जलविद्युत आयोजनाको हकप्रद सेयर खुल्यो, आजबाट आवेदन दिन पाइने

आँखु खोला जलविद्युत आयोजनाको हकप्रद सेयर खुल्यो, आजबाट आवेदन दिन पाइने

नेपालखबर
साउन २७, २०८१ आइतबार १२:४, काठमाडौँ

आँखु खोला जलविद्युत आयोजनाले आजबाट हकप्रद सेयर निष्काशनमा ल्याएको छ।

आयोजनाले ८० लाख कित्ता साधारण सेयरको एक कित्ता सेयरबराबर एक दशमलव ५  कित्ता सेयरको अनुपातमा कुल १ अर्ब २० करोड रुपैयाँ बराबरको १ करोड २० लाख कित्ता हकप्रद सेयर निष्काशनमा ल्याएको हो। 

यो कम्पनीको सेयर खरिद गरेका लगानीकर्ताले उक्त हकप्रद सेयरमा लगानी गर्न सक्नेछन्। इच्छुक लगानीकर्ताले साउन २७ गतेदेखि भदौ १६ गतेसम्म आवेदन दिन सक्नेछन्। 

आव २०७९/८० मा ६९.१२ रुपैयाँ रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ आव २०८०/८१ चैतसम्म ८७.१० रुपैयाँ पुगेको छ भने चालू आवमा ९०.५९ रुपैयाँ पुग्ने प्रक्षेपण गरिएको छ। 

यस्तै प्रतिसेयर आम्दानी पनि आव २०७९/८० १.०५ रुपैयाँले ऋणात्मक रहेकोमा आव २०८०/८१ मा  ०.४३ रुपैयाँ छ।

चालू आवमा भने प्रतिसेयर आम्दानी ऋणात्मक नै रहने अनुमान गरिएको छ। 

रेटिङ कम्पनी इक्रा नेपालले यो कम्पनीलेलाई माइनस बी रेटिङ दिएको छ। यस आधारमा यो कम्पनीलाई उच्च जोखिमयुक्त कम्पनी मानिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .