आर्थिक वर्ष २०८०/८१ मा सरकारको चालू खाता २ खर्ब २१ अर्ब ३४ करोडले बचतमा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।
केन्द्रीय बैंकका अनुसार अघिल्लो वर्ष चालू खाता ४६ अर्ब ५७ करोडले घाटामा रहेको थियो।
अमेरिकी डलरमा अघिल्लो वर्ष ३६ करोड ६ लाखले घाटामा रहेको चालू खाता समीक्षा वर्षमा १ अर्ब ६६ करोडले बचतमा रहेको छ।
समीक्षा वर्षमा पुँजीगत ट्रान्सफर २२.९ प्रतिशतले कमी आई ५ अर्ब ८१ करोड पुगेको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ८ अर्ब ४० करोड कायम भएको छ।
अघिल्लो वर्ष पुँजीगत ट्रान्सफर ७ अर्ब ५४ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी ६ अर्ब १७ करोड रहेको थियो।
समीक्षा वर्षमा शोधनान्तर स्थिति अर्थात् भुक्तानी सन्तुलन ५ खर्ब ०२ अर्ब ४९ करोडले बचतमा रहेको छ। अघिल्लो वर्ष शोधनान्तर स्थिति २ खर्ब ८५ अर्ब ८२ करोडले बचतमा रहेको थियो।
अमेरिकी डलरमा अघिल्लो वर्ष २ अर्ब १७ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा वर्षमा ३ अर्ब ७७ करोडले बचतमा रहेको छ।
Shares

प्रतिक्रिया