काठमाडौंको गौशाला पिंगलास्थानमा चारतारे होटल ‘बेस्ट वेस्टर्न प्लस’ सञ्चालनमा आएको छ।
बुधबार एक कार्यक्रमबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे र नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्प्सनले होटलको उद्घाटन गरेका छन्।
चारतारे स्तरको होटल बेस्ट वेस्टर्न प्लस स्थापना गर्न १ अर्ब ५० करोड रुपैयाँ लगानी गरिएको होटलका अध्यक्ष रामेश्वर अर्यालले जानकारी दिए।
अध्यक्ष अर्यालका अनुसार होटलमा सुइट र डिलक्स गरी ८७ कोठा छन्। होटलमा स्विमिङ पुल, रुफटप बार, रेस्टुरेन्ट, एकै पटक ८ सयभन्दा बढी पाहुनालाई सेवा दिन सक्ने ब्यांक्वेट हल, फिटनेस सेन्टर, स्पा लगायत विशेषता छन्।
होटलमा १ सय ५० जनाले प्रत्यक्ष रोजगारी पाएको उनले जानकारी दिए।
अर्यालको समूहले होटल बेस्ट वेस्टर्न प्लसमा डेढ अर्ब रुपैयाँ लगानी गरेको छ।
बेस्ट वेस्टर्न प्लस अमेरिकी चेन होटल ब्रान्ड हो। यो ब्रान्ड पहिलो पटक नेपाल भित्रिएको हो।
सन् १९४६ मा अमेरिकाको एरिजोनामा स्थापना भएको बीडब्लूले विभिन्न देशमा गरी हाल ४ हजार ७ सयभन्दा बढी होटल व्यवस्थापन गर्दै आएको छ। उत्तर अमेरिकामा मात्र यसले २ हजारभन्दा बढी होटल व्यवस्थापन गरिरहेको छ।
बीडब्लूले पाँचतारे स्तरका होटलका लागि बेस्ट वेस्टर्न प्रिमियर, चारतारेका लागि बेस्ट वेस्टर्न प्लस र तीनतारेका लागि बेस्ट वेस्टर्न ब्रान्डमा होटल व्यवस्थापन गर्दै आएको छ।












Shares

प्रतिक्रिया