कारोबार


निजी क्षेत्र खुसी भएपछि हौसिए अर्थमन्त्री पौडेल, भने– अब अर्थतन्त्र चलायमान हुन्छ

निजी क्षेत्र खुसी भएपछि हौसिए अर्थमन्त्री पौडेल, भने– अब अर्थतन्त्र चलायमान हुन्छ

नेपालखबर
माघ २०, २०८१ आइतबार ११:५५, काठमाडौँ

अर्थमन्त्री विष्णु पौडेलले सरकारले ल्याएका अध्यादेशले निजी क्षेत्रको मनोबल बढाएको दाबी गरेका छन्। 

निजी क्षेत्रले सकारात्मक प्रतिक्रिया दिइरहेका बेला अर्थमन्त्री पौडेल पनि हौसिएका हुन्। 

महिला आर्थिक पत्रकार संघको अर्थतन्त्र नीति र व्यवहार नामक कार्यक्रममा आइतबार मन्त्री पौडेलले उक्त भनाइ राखेका हुन्। 

‘अध्यादेश तीव्र गतिमा ल्याएर हामीले निजी क्षेत्रमैत्री नीति ल्याएका छौँ’, उनले भने, ‘यसले निजी क्षेत्रको आत्मविश्वास बढाउन सरकार सफल भएको छ।’

उनले ६ अध्यादेशको प्रभाव विस्तारै देखिँदै जाने बताए। 

सरकारले विगत वर्षमा बाँकी रहेको निर्माण व्यवसायीहरुको भुक्तानी रीतपूर्वक आएमा सजिलै पाउने व्यवस्था गरेको बताए। गत वर्षसम्मको भुक्तानी समेत दिइसकेको उनको भनाइ छ। 

अर्थतन्त्र सुस्त हुनुमा सधैँ घरजग्गा व्यवसायी र बैंकलाई मात्र धारेहात लाउन नहुने उनले उल्लेख गरे। सबै मिलेर अर्थतन्त्र चलायमान बनाउनुपर्नेमा उनको जोड थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad