कारोबार


पासपोर्ट छपाइको म्याद थप गर्न राहदानी विभागलाई सार्वजनिक खरिद अनुगमन कार्यालयको निर्देशन

पासपोर्ट छपाइको म्याद थप गर्न राहदानी विभागलाई सार्वजनिक खरिद अनुगमन कार्यालयको निर्देशन

नेपालखबर
माघ २२, २०८१ मंगलबार १२:५८, काठमाडौँ

सार्वजनिक खरिद अनुगमन कार्यालयले पासपोर्ट छपाइको म्याद थप गर्न निर्देशन दिएको छ।

धेरै प्रतिस्पर्धीहरु सहभागी हुनसक्ने आकलनसहित कार्यालयले आइतबार राहदानी विभागलाई पत्र पठाएको हो।  

बोलपत्र कगजपत्रमा संशोधन भएपछि म्याद थप गर्नुपर्नेमा विभागले नगर्दा कार्यालयमा उजुरी परेको थियो। 

‘बोलपत्र दाखिला गर्ने अन्तिम मिति म्याद थप गर्दा धेरै प्रतिस्पर्धीहरु सहभागी हुन सक्ने देखिएमा गुनासो सम्बोधन गर्नुहुन निर्देशानुसार अनुरोध छ’, खरिद अनुगमन कार्यालयले विभागलाई काटेको पत्रमा उल्लेख छ। 

संशोधनअघि १ कम्पनीले मात्रै सहभागी हुन पाउनेमा अहिले ३ वटा कम्पनी संयुक्त उपक्रममा भाग लिन सक्नेछन्। संशोधनबाट व्यवस्थाहरु फेरिएकाले टेन्डरको म्याद थप गर्नुपर्ने उजुरीमा उल्लेख छ। 

‘राहदानी विभागले टेन्डर डकुमेन्ट संशोधन गरेपछि तयारीको लागि २१ दिन मात्रै बाँकी छ’, उजुरीमा भनिएको छ, ‘संयुक्त उपक्रममा ठेक्का हाल्न पाउने व्यवस्थापछि कम्पनीहरुबीच प्राविधिक र वित्तीय जानकारीको लागि समय लाग्ने भएकाले म्याद थप गर्नको लागि आग्रह गर्दछौँ।’

उजुरीमा थप ४५ दिन माग गरिएको छ। सार्वजनिक खरिद अनुगमन कार्यालयका अधिकारीहरुले बोलपत्रमा आवेदन दिने योग्यतामै परिवर्तन भएकाले १ महिनासम्मको म्याद थप गर्दा उपयुक्त हुने बताएका छन्। 

राहदानी विभागले अधिकांश गुनासोको विषय सम्बोधन भएकाले म्याद थपको विषय छलफलमै रहेको बताएको छ। 

‘टेन्डरमा उठेका अधिकांश गुनासो सम्बोधन गरेका छौँ। म्याद थप गर्नुपर्ने गुनासो आएको छ’, विभागका निर्देशक रविन्द्र राजभण्डारीले भने, ‘मंगलबार नै छलफल गरी थप हुने वा नहुने विषय टुंग्याउँछौँ।’

थप समाचार -

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad