अनलाइन मार्केटिङको विश्वव्यापी सञ्जाल भएको अमेजनले करिब ४ हजार बिक्रेता खाता बन्द गरिदिएको छ।
कोरोनाको समयमा बढी मूल्यमा बिक्री गर्ने खाताहरु बन्द गरेको हो। कम्पनीले कोरोनाको संक्रमणको बेला निष्पक्ष मूल्य निर्धारण नीति उल्लंघन गरेकोले यस्तो कदम चाल्नुपरेको जनाएको छ।
अमेजनले भनेको भनेको छ, ‘हामीले एउटा संयन्त्र खडा गरेका छौं। जसले महामारीको बेला मूल्य बढाउँछन्, उनीहरुको अनुसन्धानमार्फत पहिचान गर्नेछन्।’
कम्पनीले विशेषगरी कोरोनाको संक्रमणको बेला उच्च माग भएका सामग्री मास्क र ह्यान्ड स्यानिटाइजरमा मूल्य बढाएको उल्लेख गरेको छ।
3
Shares

प्रतिक्रिया