कारोबार


माछापुुच्छ्रे बैंकद्वारा १ करोड ६ लाख सहयोग

माछापुुच्छ्रे बैंकद्वारा १ करोड ६ लाख सहयोग

नेपालखबर
चैत २०, २०७६ बिहिबार १०:५७,

माछापुुच्छ्रे बैंक लि.ले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोक्न रु.१ करोड ६ लाख बराबरको सहयोगको घोषणा गरेको छ।

बैंकले कोरोना रोकथाम तथा उपचार र आवश्यक तयारीका लागि केन्द्रीय सरकार अन्तर्गतको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषलाई रु.५१ लाख उपलब्ध गराउने घोषणा गरेको छ भने सात वटै प्रदेश सरकारलाईरु.५/५ लाखका दरले कुुल ३५ लाख रकम सहयोग हस्तान्तरण गरिसकेको छ।

बिहीबार सात वटै प्रदेश सरकारका मुख्यमन्त्रीहरुलाईरु.५/५ लाखका दरले कुुल ३५ लाखको चेक हस्तान्तरण गरेको हो।

यसअघि बैंकले आमनागरिकको स्वास्थ्यलाई ध्यानमा राख्दै काठमाडौं महानगरीय प्रहरी कार्यालयको समन्वयमा काठमाडौ र भक्तपुरका अत्यन्त भिडभाड हुने प्रमुख १६ स्थानहरुमा पानी ट्यांकी सहित हातधुने ठाउँको व्यवस्था गरेको थियो।

साथै, स्थानीय निकायहरुको समन्वयमा बैंकले दैनिक ज्याला मजदुुरी गरेर छाक टार्दै आएका अतिविपन्न परिवारलाइ खाद्यान्न उपलब्ध गराएको हो। उक्त कार्यहरुमा बैंकले रु. २० लाख खर्च भएको जनाएको छ।

बैंकले कोरोना विरुद्ध देशभरका अभियानलाई सघाउन संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्दै रु.१ करोड ६ लाख सहयोग गरेको हो।

बैंकिङ्ग क्षेत्र अत्याबश्यक क्षेत्र अन्र्तगत पर्ने भएको हुनाले माछापुच्छ्रे बैंकले लकडाउनको समयमा हरेक दिन देशका विभिन्न स्थानमा शाखा कार्यालयहरु खोल्दै आएको छ। साथै बैंकले भाइरसको संक्रमण जोखिम न्यूनिकरणका लागि अत्याबश्यक बाहेकका अन्य कामको लागि सकेसम्म बाहिर ननिस्किन आग्रह गर्र्दै बैंकिङ्ग कारोबारका लागि बैंकले प्रदान गर्दै आइरहेका बिभिन्न डिजिटल भुक्तानीका माध्यमहरुको उपयोग गर्न सबैमा आग्रह गरेको छ।

साथै बैंकले प्रदान गर्दै आइरहेका डिजिटल भुक्तानीका माध्यमहरुबाट कारोबार गर्दा कुनै पनि शुल्क नलाग्ने हुँदा नगद कारोबार लाई कम गरिदिनसमेत सम्पूर्ण ग्राहकमा आग्रह गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad