कारोबार


नुनको कारोबार निजी क्षेत्रलाई दिने निर्णय गरिएको छैन : मन्त्री भण्डारी

नुनको कारोबार निजी क्षेत्रलाई दिने निर्णय गरिएको छैन : मन्त्री भण्डारी

नेपालखबर
जेठ ५, २०८२ सोमबार १९:१५, काठमाडौँ

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले साल्ट ट्रेडिङ कर्पोरेसनले सुपथ मूल्यमा आपूर्ति गरिरहेको आयोडिनयुक्त नुनको कारोबार निजी क्षेत्रलाई सुम्पिने कुरा भ्रमपूर्ण प्रचार रहेको बताएका छन्।

सोमबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भण्डारीले सरकारले गरेका निर्णय क्रमशः स्पष्ट रुपमा बाहिर आउने गरेको उल्लेख गरे।

‘हामीले परिवार संख्या काउण्ट गरेर एउटा परिवारमा कति व्यक्ति हुन्छन् र वर्षभर कति नुन आवश्यक हुन्छ भन्ने अनुमान गरेर नै वितरण प्रणालीका बारेमा स्थानीय प्रशासनसँग छलफल गरेर नै अघि बढेका छौँ,’ मन्त्री भण्डारीले भने, ‘अहिले फेरि अनेक खालका अफवाह फैल्याएर लगिएको छ, यो आवश्यक छैन। तर त्यो निर्णय कहीँ कतै भएको छैन्। तर समाचार संप्रेषण भएर आयो। यहाँ कुनै समस्या पनि भएको छैन। यसले दिन नसकेको, पुर्‍याउन नसकेको, ढुवानीमा केही समस्या भएको भए जटिलता भयो कसरी गरौँ भन्ने हुन्छ, तर पनि त्यसरी समाचार प्रकाशित भएका छन्।’

मन्त्री भण्डारीले अहिले आएका अफवाहको अन्त्य गरी साल्ट ट्रेडिङ कर्पोरेसनको विश्वसनियता बढाउनुपर्नेमा जोड दिए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad