कारोबार


एनआईसी एशियामा अनलाइन कारोबार गर्दा पाँच सयसम्म रकम फिर्ता

एनआईसी एशियामा अनलाइन कारोबार गर्दा पाँच सयसम्म रकम फिर्ता

नेपालखबर
चैत २२, २०७६ शनिबार १४:१८,

एन आई सी एशिया बैंक लिमिटेडले अनलाइन खाता खोलि पहिलो मोबाइल बैंकिङ कारोबार गर्दा रु ५०० सम्म रकम फिर्ता दिने भएको छ।

एन आई सी एशिया बैंकको आधिकारीक वेवसाइटमा गई ग्राहकहरुले १० मिनेट भित्रै सजिलै निःशुल्क अनलाइन खाता खोल्न सक्नेछन्। खाता खोलिसकेपछि पाएको खाता नम्बरको आधारमा ग्राहकहरुले बैंकमा रहेको रकम स्थानान्तरण तथा अन्तर बैंक रकम स्थानान्तरण लगायतका विभिन्न कारोबार गर्न सक्नेछन्।

अनलाइन खोलिएको खातामा बैंकले २१ लाख रुपैयाँसम्मको बीमा सुविधा उपलब्ध गराएको छ। जसले गर्दा ग्राहकहरुलाई वार्षिक रु १४ हजार फाइदा हुनेछ। अनलाइन खाताकै आधारमा घरबाटै मोबाइल बैंकिङ सुचारु गरी खाताको रकम मौज्दात जाँच गर्न समेत सकिने सुविधा रहेको छ। मोबाइल बैंकिङ्ग एक्टिभेट गरी मोबाइल बैंकिङ्ग मार्फत पहिलो कारोबार गर्ने जुनसुकै ग्राहकले रु ५०० सम्म रकम फिर्ता पाउन सक्नेछन्।

यसबाहेक देशभरका २५०० भन्दा धेरै पसल, रेष्टोरेण्ट, शपिङ मल, अस्पताल तथा होटलहरुमा मोबाइल बैंकिङ्ग तथा डेबिट वा क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दा ३० प्रतिशतसम्मको छुट सुविधा उपलब्ध छ। यसको अतिरिक्त ग्राहकहरुले मोबाइल बैंकिङ्ग तथा कार्डबाट भुक्तानी गर्दा मासिक रु ४००० सम्मको रकम फिर्ता पाउन सक्नेछन्।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण सिर्जित यस कठिन अवस्थामा आफ्ना ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै यस बैंकले मोबाइल बैंकिङ्ग तथा ईन्टरनेट बैंकिङ्ग लगायत विद्युतीय बैंकिङ्ग माध्यमबाट अन्तर बैंक रकम स्थानान्तरण, बिजुली महसुल, खानेपानी महसुल, हवाई टिकट, ईन्टरनेट सेवा, बीमा तथा टेलिफोन शुल्क लगायतका भुक्तानीहरू निःशुल्क गरिसकेको छ। उक्त सेवाहरुका साथै ग्राहक महानुभावहरूले घरमै बसी अनलाईन खाता खोल्ने सुविधा पनि बैंकले दिएको छ।

ग्राहकहरूले कुनै सेवा लिए वापत तथा सामान खरिद गर्दा क्यूआर सेवाबाट पनि निःशुल्क भुक्तानी गर्न सकिन्छ। यसका साथै, बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी गर्न सकिने कार्ड स्वाइप तथा ई–कमर्श भुक्तानी पनि निःशुल्क उपलब्ध छन्।

नेपालभरका कुनै बैंक तथा वित्तीय संस्थाहरूको कार्ड वाहकले एन आई सी एशिया बैंकको एटिएम प्रयोग गर्दा शुल्क नलाग्ने र यस बैंकको कार्ड वाहकले अन्य कुनै बैंक तथा वित्तीय संस्थाहरूको एटिएम प्रयोग गर्दा कुनै शुल्क नलाग्ने व्यवस्था गरिएको छ।

यसका साथै ग्राहकहरूलाई विशिष्टिकृत सेवा तथा सुविधा आवश्यक परेमा वा बैंकले प्रदान गर्ने सेवा सम्बन्धी कुनै पनि जानकारी चाहिएमा बैंकको २४ सै घण्टा सुचारु रहने ग्राहक सम्पर्क केन्द्रको टोल फ्रि नम्बरः १६६०–०१–७७७७१, मिस्डकल बैंकिङ्गः ९८०१२२७७५५, एसएमएसः ३४४८८, वेवसाइट च्याटबट तथा गुनासो सुनुवाई अधिकृतलाई ९८४०१६३६९९ मा सिधा सम्पर्क गर्न समेत बैंकले आग्रह गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad