कारोबार


नेपाल बैंक र अल्फा हेल्थ केयरबीच सम्झौता

नेपाल बैंक र अल्फा हेल्थ केयरबीच सम्झौता

नेपालखबर
साउन १९, २०८२ सोमबार १७:३६, काठमाडौँ

नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका ग्राहकहरूलाई काठमाडौंको नयाँ बानेश्वर स्थित अल्फा हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टर प्रालिमा छुट पाइने भएको छ। 

कर्मचारी र ग्राहकले स्वास्थ्य सेवामा लाग्ने शुल्कमा विशेष छुट पाउने सम्झौता भएको हो। 

सो सम्झौताबमोजिम नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरूलाई र बैंकमा खाता रहेका ग्राहकहरूलाई प्याथोलोजि ल्यावको विविध सेवाको लागि (निःशुल्क होम डेलिभरीको सुविधासहित) र औषधि खरिदमा लाग्ने शुल्कहरूमा बिल रकमको ७ प्रतिशत देखि २० प्रतिशतसम्म छुट हुने व्यवस्था गरिएको छ।

सम्झौता पत्रमा १९ गते बैकका सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारी र अल्फा हेल्थ केयरका ल्याब निर्देशक डा. आभाष कोइरालाले हस्ताक्षर गरेका थिए। यसबाट नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरू र बैंकमा खाता रहेका ग्राहकहरू डायग्नोस्टिक सेन्टरको ल्याबबाट प्रदान गरिने सहुलियतपूर्ण स्वास्थ्यसेवाबाट लाभान्वित हुन सक्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad