नेपाल नागरिक उड्डयन प्राधिकरणले आजका लागि विमानस्थल बन्द गरेको सूचना निकालेको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले सार्वजनिक सूचना जारी गर्दै तत्काल लागू हुने गरी विमानस्थल बन्द गरिएको जनाएको हो।
उपत्यकाभित्रको विषम परिस्थितिलगायत त्रिभुवन विमानस्थल वरपर र उडान अवतरण मार्गका विभिन्न स्थानमा भएको देखिएको धूवाँलगायतले जहाजको सुरक्षामा गम्भीर असर पर्ने देखिएकोले विमानस्थल बन्द गर्नुपरेको उड्डयन कार्यालयले जनाएको छ।
योसँगै नेपाल वायुसेवा निगमले यात्रुहरुका लागि सबै काठमाडौं आवतजावतको उडान तथा अवतरण बन्द भएकोले विमानस्थल खुलेपछि मात्र कम्पनीका उडान अवतरण सुचारु हुने जानकारी दिएको छ।
यस्तोमा यात्रुहरुले आफ्नो नयाँ उडान मिति वा काटेको टिकटको रकम फिर्ता पाउन सक्नेछन्।

Shares

प्रतिक्रिया