कारोबार


कामका लागि घुस मागे सिधै अर्थमन्त्रीलाई फोन वा इमेलमा भन्न सकिने

कामका लागि घुस मागे सिधै अर्थमन्त्रीलाई फोन वा इमेलमा भन्न सकिने

नेपालखबर
असोज ६, २०८२ सोमबार १६:२३, काठमाडौँ

अर्थ मन्त्रालयले मन्त्रालय र मातहतका निकायमा आउने गुनासोको प्रभावकारी व्यवस्थापन गर्ने भएको छ। 

यसका लागि मन्त्रालयले सेवा प्रवाहमा हुने गुनासो इमेल, हटलाइन वा तोकिएका व्यक्तिलाई सिधै फोन गर्न आग्रह गरेको हो। 

अर्थ मन्त्रालयअन्तर्गतका नियामक निकाय, विभाग, कार्यालय र बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाह हुने सेवामा कर्मचारीले गर्नुपर्ने कार्य नगरेको, नगर्नुपर्ने कार्य गरेको वा अनुचित कार्यको लागि दबाब दिएको एवं घुस तथा रिसवत माग गरेकोलगायतका कुनै पनि प्रकारका अनावश्यक ढिलासुस्ती वा सेवा प्रवाहमा कठिनाइ सिर्जना भएको अवस्थामा सम्पर्क गर्न आग्रह गरिएको हो। 

यसअनुसार सेवाग्राहीले सिधै अर्थमन्त्री रामेश्वर खनाल, मन्त्रालय वा हटलाइन नम्बरमा गुनासो सुनाउन सक्नेछन्। 

मन्त्री खनालको इमेल [email protected] मन्त्रालयको इमेल [email protected] र हटलाइन (टोलफ्रि) नम्बर १८१०५०००४१० मा सिधै गुनासो गर्न सकिने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ। 

यसबाहेक सम्पर्क व्यक्ति समेत तोकिएको छ। यसअनुसार उपसचिव निरन भट्टराईलाई ९८५१४०५२६५ वा शाखा अधिकृत पवित्रा ज्ञवालीलाई ९८५१४०५२७५ नम्बरमा सम्पर्क गर्न सकिने मन्त्रालयले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad