मध्यपूर्व क्षेत्रमा हवाई क्षेत्र प्रतिबन्धका कारण सोमबार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट हुने छवटा अन्तरराष्ट्रिय उडान रद्द भएका छन्।
जजिरा एयरलाइन्स, कुवेत एयरलाइन्स, फ्लाइ दुबई, नेपाल एयरलाइन्स, कतार एयरलाइन्स र हिमालय एयरलाइन्सका उडान रद्द भएका विमानस्थलका महाप्रबन्धक टेकनाथ सिटौलाले जानकारी दिए।
'मध्यपूर्व क्षेत्रको हालैको हवाई क्षेत्र प्रतिबन्धका कारण सोमबार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट हुने छवटा अन्तरराष्ट्रिय उडान रद्द भएका छन्', उनले भने, 'विमानस्थलले यात्रु व्यवस्थापनलाई सहज र प्रभावकारी बनाउन एयरलाइन्स तथा सम्बन्धित निकायहरूसँग नजिकबाट समन्वय गरिरहेको छ।'
महाप्रबन्धक सिटौलाले सम्बन्धित वायुसेवा कम्पनीसँग सम्पर्क गरेर थप जानकारी लिन सबैमा आग्रह गरे।
363
Shares

प्रतिक्रिया