गत असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २७.५ प्रतिशतले बढेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको ८ महिनामा उक्त दरले वृद्धिसँगै विदेशी मुद्रा सञ्चिति फागुन मसान्तमा ३४ खर्ब १३ अर्ब ७७ करोड पुगेको हो।
अमेरिकी डलरमा यस्तो सञ्चिति २०८२ असार मसान्तमा १९ अर्ब ५० करोड रहेकोमा २०८२ फागुन मसान्तमा १८.३ प्रतिशतले वृद्धि भई २३ अर्ब ८ करोड पुगेको छ ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८२ असार मसान्तमा २४ खर्ब १४ अर्ब ६४ करोड रहेकोमा २०८२ फागुन मसान्तमा २५.७ प्रतिशतले वृद्धि भई रु.३०३५ अर्ब ११ करोड पुगेको छ ।
बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८२ असार मसान्तमा रु.२६३ अर्ब ४ करोड रहेकोमा फागुन मसान्तमा ४४.० प्रतिशतले वद्धि भई रु.३७८ अर्ब ६६ करोड कायम भएको छ। फागुन मसान्तको कुल विदेशी विनिमय
सञ्चितिमा भारतीय मुद्राको अंश २१.० प्रतिशत रहेको छ।
आर्थिक वर्ष २०८२/८३ को आठ महिनासम्मको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति २१.४ महिनाको वस्तु आयात र १८.५ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।
फागुन मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत
Shares

प्रतिक्रिया