कारोबार


झण्डै ३ गुणाले बढ्यो सरकारको नगद मौज्दात

झण्डै ३ गुणाले बढ्यो सरकारको नगद मौज्दात

नेपालखबर
चैत १९, २०८२ बिहिबार १८:१, काठमाडौँ

सरकारको नगद मौज्दात झण्डै तीन गुणाले बढेको छ। 

चालू आर्थिक वर्षको आठौँ महिना फागुनसम्म राष्ट्र बैंकमा रहेका नेपाल सरकारका विभिन्न खातामा ३ खर्ब ७७ अर्ब ६१ करोड (प्रदेश सरकार तथा स्थानीय सरकारको खातामा रहेको रकमसमेत) नगद मौज्दात रहेको हो। 

नेपाल राष्ट्र बैंकका अनुसार गत असार मसान्तमा यस्तो मौज्दात १ खर्ब ३७ अर्ब ७८ करोड रहेको थियो।

आठ महिनासम्ममा नेपाल सरकारको कुल खर्च ९ खर्ब २६ अर्ब ५९ करोड रहेको छ । समीक्षा
अवधिमा चालु खर्च ६४२ अर्ब १५ करोड, पँुजीगत खर्च ७८ अर्ब ४९ करोड र वित्तीय व्यवस्था खर्च रु.२०५ अर्ब ९५ करोड रहेको छ ।

समीक्षा अवधिमा नेपाल सरकारको कुल राजस्व परिचालन (प्रदेश सरकार तथा स्थानीय सरकारमा बाँडफाँट हुने रकमसमेत) ७४७ अर्ब २८ करोड पुगेको छ । यसअन्तर्गत कर राजस्व ६७६ अर्ब ५९ करोड र गैरकर राजस्व ७० अर्ब ६९ करोड परिचालन भएको छ। 

त्यस्तै प्रदेश सरकारहरूको कुल खर्च ५८ अर्ब ७९ करोड र स्रोत परिचालन १ खर्ब २९ अर्ब ३२ करोड रहेको छ । प्रदेश सरकारहरूको कुल स्रोत परिचालनमा नेपाल सरकारले हस्तान्तरण गरेको अनुदान र विभाज्य कोषबाट बाँडफाँट हुने राजस्वसमेत गरी ९९ अर्ब ८४ करोड र प्रदेश सरकारहरूले परिचालन गरेको तथा अन्य स्रोतबाट प्राप्त राजस्व २९ अर्ब १ करोड रहेको छ ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad