फागुनसम्म बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ६.६ प्रतिशत (४८२ अर्ब १ करोड) ले वृद्धि भई ७७ खर्ब ४५ अर्ब ८८ करोड पुगेको छ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ४.३ प्रतिशत (२७७ अर्ब २३ करोड) ले बढेको थियो । वार्षिक विन्दुगत आधारमा २०८२ फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप
१५.१ प्रतिशतले बढेको छ।
२०८२ फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः ६.६ प्रतिशत, ४४.१ प्रतिशत र ४०.१ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ५.४ प्रतिशत, ३५.४ प्रतिशत र ५१.७ प्रतिशत रहेको थियो।
फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३४.३ प्रतिशत रहेको छ। २०८१ फागुन मसान्तमा यस्तो निक्षेपको अंश ३५.४ प्रतिशत रहेको थियो।
Shares

प्रतिक्रिया