आज सुनचाँदीकै मूल्य घटेको छ।
गएको बिहीबार तोलामा ३६ सय रुपैयाँ घटेर तीन दिनसम्म दुई लाख ९४ हजार रुपैयाँमा स्थिर रहेको सुनको मूल्य आज थप घटेको हो।
मूल्य घटेर आज सुनको भाउ तोलाको दुई लाख ९१ हजार चारसय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
गएको माघ १५ गते एकैदिन तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर सुनको भाउ तीन लाख ३९ हजार तीनसय रुपैयाँ कायम भएको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।
त्यसैगरि आज चाँदीको मूल्य पनि तोलामा ५० रुपैयाँ घटेर ४ हजार ७८० रुपैयाँमा झरेको छ। हिजो चाँदीको भाउ तोलाको चार हजार ८३० रुपैयाँ थियो।
गएको माघ १८ गते चाँदीको मूल्य तोलामा १५ सय ६५ रुपैयाँ घटेको थियो। चाँदीको मूल्यमा आएको यो गिरावट हालसम्मकै सबैभन्दा उच्च हो।
माघ १५ गते भने चाँदीको भाउ सात हजार ५०५ रुपैयाँ पुगेको थियो। चाँदीको यो मूल्य अहिलेसम्मकै उच्च हो।
Shares

प्रतिक्रिया