अब शुक्रबार पनि सेयर कारोबार हुने भएको छ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारी कार्यालय र शैक्षिक संस्थामा अब शनिबार र आइतबार दुवै दिन विदा दिने निर्णय गरेको हो।
सरकारको सो निर्णयपछि आइतबारको सट्टा शुक्रबार सेयर कारोबार गर्ने निर्णयमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) पुगेको हो।
आइतबार साँझ बसेको सञ्चालक समितिले शुक्रबार सेयर कारोबार गर्ने निर्णय गरेका प्रवक्ता मुराहरि पराजुलीले जानकारी दिए।
आइतबारको कारोबारलाई शुक्रबार सारिएको हो।
36
Shares

प्रतिक्रिया