साफ महिला च्याम्पियनसिपको सेमिफाइनल खेलमा बंगलादेशविरुद्ध नेपाली टोलीले सुरुवाती अग्रता बनाएको छ।
भारतको गोवास्थित जवाहरलाल नेहरु स्टेडियममा खेलको पहिलो हाफ जारी रहँदा नेपालले १–० को अग्रता बनाएको हो।
खेलको २३ औँ मिनेटमा डिफेन्डर गीता रानाको गोलमा नेपालले खेलमा अग्रता बनाएको छ। दिपा शाहीको कर्नरमा गीताले बललाई पोष्टको जाली चुमाएकी थिइन्।
168
Shares

प्रतिक्रिया