हङकङमा बसोबास गर्ने नेपाली बोकेर जान लागेको नेपाल वायुसेवा निगमको उडान रद्द भएको छ। निगमको ए३२० न्यारोबडी जहाजको उडान रद्द भएको हो।
वायुसेवा निगमका बिहीबार र शुक्रबार दुई÷दुई उडान रहेको थियो। तर हङकङ सरकारले उडान अनुमति नदिएपछि रद्द भएको नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ।
‘हङकङ उडान हुने भनेको नेपाल वायुसेवा निगमको उडान रद्द भएका छन्’, प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले भने, ‘करिब एक हप्ता हङकङले उडान रोक्ने बुझेको छु।’
बाहिरबाट हङकङ गएपछि क्वारेन्टिनमा बस्नुपर्छ। क्वारेन्टिनको समस्या भएर उडान रोकेको हुनसक्ने उनले बताए। हङकङको आईडी भएका नेपाली चैत ११ गतेको लकडाउनपछि नेपालमै रहेका छन्।
हङकङमा व्यापार व्यवसाय, रोजागार, शैक्षिक संघ÷संस्था खुल्ला भइसकेकाले उनीहरु महंगो चार्टर्ड उडान गरी फर्किन लागेका थिए।
गत सोमबार मात्रै ३ उडानमार्फत करिब ५ सय ८० जना ८५ हजारदेखि १ लाखसम्म भाडा तिरेर हङकङ फर्किएका थिए।

प्रतिक्रिया