कारोबार


दैनिक पाँच सय सार्वजनिक सवारीसाधन कारबाहीमा

दैनिक पाँच सय सार्वजनिक सवारीसाधन कारबाहीमा

नेपालखबर
असार १८, २०७७ बिहिबार ७:२२,

सरकारले सार्वजनिक यातायातका साधन सञ्चालनमा रोक लगाउँदा पनि सञ्चालनमा आएकालाई प्रहरीले कारबाही गरेको छ।

दैनिक चार पाँच सयको संख्यामा सञ्चालनमा आएका सार्वजनिक सवारी साधनलाई सडकै होल्ड गरी कारबाही गरिएको प्रहरीले जनाएको छ। प्रहरी उपरीक्षक वामदेव गौतमले दैनिक चार पाँच सयको संख्यामा सडकमा भाडाका सवारी साधन सञ्चालनमा आएको र ती सवारी साधनलाई सडकमै दिनभर होल्ड गरेर कारबाही गरिएको बताए।

सार्वजनिक यातायातमा पनि सबैभन्दा धेरै ट्याक्सी सञ्चालनमा आएको गौतमले बताए। अत्यावस्यक सेवामा बिरामी बसेको अथवा अस्पताल जानुपर्ने ट्याक्सीलाई भने चेकजाँच गरी सहजीकरण गरिएको उनले बताए।

पछिल्लो समय ट्याक्सी व्यवसायीहरु बैंकको किस्ता तिर्न र जीवनयापन गर्न गाह्रो भएको भन्दै ट्याक्सी चलाउनुपर्ने माग गर्दै आएका छन्। सरकारले उनीहरुको मागलाई सम्बोधन नगरेको अवस्थामा पनि सडकमा ट्याक्सीहरु देखिन थालेपछि प्रहरीले सवारीसाधनको जाँचलाई कडाई गरी सञ्चालन आएका ट्याक्सीलाई दिनभर सडकमै होल्ड गरेको हो।

सरकारले जारी लकडाउनलाई असार १ गतेदेखि केही खुलुलो बनाउँदै निजी सवारी साधनलाई जोर बिजोर प्रणालीबाट सञ्चालन गर्न दिएको छ। सार्वजनिक यातायातका साधन भने सञ्चालनका लागि पूर्णरुपमा रोक लगाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad