कारोबार


एन आई सी एशिया बैंक र मेघा हस्पिटलबीच सम्झौता

एन आई सी एशिया बैंक र मेघा हस्पिटलबीच सम्झौता

नेपालखबर
साउन २, २०७६ बिहिबार ९:२२,

एन आई सी एशिया बैंक लिमिटेड र मेघा हस्पिटल प्रा.लि. धोबिघाट, ललितपुरबीच उपचारमा छुट सुविधा सम्बन्धी सम्झौता भएको छ।

सम्झौता अनुसार बैंकका कर्मचारी, डेबिट एवं क्रेडिट कार्डवाहक तथा सम्पूर्ण ग्राहकलाई मेघा हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा २० प्रतिशतसम्म र फार्मेसीमा १० प्रतिशतसम्मको छुट सुविधा प्राप्त हुनेछ।

उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट डिजिटल विजनेश विभागका इन्चार्ज रौनक करवा र मेघा हस्पिटलको तर्फबाट हस्पिटलका अध्यक्ष किशोरजंग राणाले हस्ताक्षर गरेका थिए।

एन आई सी एशिया मुलुकभर २९२ शाखा कार्यालयहरु, ३०२ एटिएम, ४७ वटा एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङ्ग इकाईमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad