कारोबार


नेप्से साढे ६ अंकले घटेको सेयरबजारमा १ अर्ब २७ करोडको कारोबार

नेप्से साढे ६ अंकले घटेको सेयरबजारमा १ अर्ब २७ करोडको कारोबार

नेपालखबर
साउन २७, २०७७ मंगलबार ९:५१,

सेयरबजारमा आज साढे ६ अंकको गिरावट आएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार बजार परिसूचक नेप्से ६.६१ अंकले र सेन्सिटिभ सूचक १.३८ अंकले घटेका हुन्।

आज १ सय ९० कम्पनीको ३६ लाख ३० हजार कित्ता सेयर बिक्री भएको छ। दिनभरिमा २५ हजार ७ सय ७१ पटक सेयर किनबेच भएको नेप्सेले जनाएको छ। आज म्युचुअल फन्डबाहेक बाँकी सबै समूहको कारोबार सूचक ओरालो लागेका छन्।

सर्वाधिक कारोबारमा आज नेपाल पुनर्बीमा कम्पनी अगाडि छ। उसको १२ करोड को सेयर कारोबार भएको छ। त्यसपछि नेपाल लाइफ इन्स्योरेन्स छ। उसको ८ करोड ३९ लाखको कारोबार भएको छ। तेस्रो स्थानमा रहेको युनाइटेड इन्स्योरेन्स कम्पनीको ४ करोड ७६ लाखको, चौथो स्थानमा रहेको एनसीसी बैंकको ४ करोड ७० लाखको र पाँचौँ स्थानमा रहेको एनएमबी बैंकको ४ करोड ५५ लाखको सेयर किनबेच भएको नेप्सेले जनाएको छ।

त्यस्तै आज अजोड इन्स्योरेन्सका लगानीकर्ताले प्रतिकित्ता ५१ रुपैयाँ आम्दानी गरेका छन्। नेप्सेका अनुसार कम्पनीको सेयर ९.९४ प्रतिशतले उकालो लागेको छ। त्यसपछि साधना लघुवित्त वित्तीय संस्था लिमिटेडका सेयरधनीले पनि आज ९.८१ प्रतिशत आम्दानी गरेका छन्। तेस्रो स्थानमा रहेको युनियन हाइड्रोपावर कम्पनीको सेयर पनि ८.७७ प्रतिशतले बढेको छ।

आज धेरै गुमाउने लगानीकर्ता नेपाल फाइनान्स लिमिटेडका छन्। कम्पनीको सेयर ९.८० प्रतिशतले घट्दा उनीहरुले प्रतिकित्ता २० रुपैयाँ गुमाएका छन्। त्यसबाहेक अन्य कम्पनीले ५.४६ प्रतिशतसम्म गुमाएको नेप्सेले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad