सरकारले होटल, रेस्टुरेन्ट र सपिङमलका सञ्चालक र कर्मचारीको आफ्नै खर्चमा पीसीआर परीक्षण गराउन सम्बन्धित व्यवसायीलाई आग्रह गरेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार एक विज्ञप्ति प्रकाशित गर्दै होटल, रेस्टुरेन्ट र सपिङमलका सञ्चालक र कर्मचारीको आफ्नै खर्चमा पीसीआर गराउन आग्रह गरेको हो।
मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा ती व्यवसायमा संलग्न व्यक्तिहरु धेरै व्यक्तिको सम्पर्कमा आउने हुँदा संक्रमणको जोखिममा रहेको उल्लेख छ।
‘नेपालका घनावस्ती भएका जिल्लाहरुका विभिन्न शहरहरुमा कोभिड १९ को संक्रमण बढ्दै गएको पछिल्लो अवस्थामा विभिन्न सपिङ मल, रेस्टुरेन्ट, होटल आदि उद्योग, व्यवसायमा संलग्न हुने व्यक्तिहरु धेरैको सम्पर्कमा आउने र जोखिम हुने अवस्था छ’, विज्ञप्तिमा भनिएको छ, ‘त्यसैले यस्ता व्यवसायमा संलग्न हुने कर्मचारी तथा व्यवसायीहरुको सम्बन्धित उद्योग व्यवसायीहरुले आफ्नै खर्चमा अनिवार्य पीसीआर परीक्षण गर्ने गराउने व्यवस्था गर्न गराउनु हुन अनुरोध गरिन्छ।’


प्रतिक्रिया