कारोबार


बोर्डद्वारा पर्यटन पुनरुत्थान गर्न ‘टास्क फोर्स’ गठन

बोर्डद्वारा पर्यटन पुनरुत्थान गर्न ‘टास्क फोर्स’ गठन

नेपालखबर
भदौ २३, २०७७ मंगलबार ९:५२,

नेपाल पर्यटन बोर्डले पर्यटनसम्बद्ध संस्थाको सहकार्यमा ‘टुरिजम रिभाइभल टास्क फोर्स’ गठन गरेको छ। बोर्डले कोभिडको वर्तमान अवस्थाको समस्या समाधान गर्न टास्क फोर्स गठन गरेको हो।

टास्क फोर्सले तत्काल पर्यटनका गतिविधिहरुलाई सुरक्षित ढंगले अगाडि बढाउने, व्यवसायी तथा मजदुर लक्षित आर्थिक कार्यक्रम ल्याउन मुख्य प्राथमिकता दिने जनाइएको छ।

टास्क फोर्समार्फत पर्यटन पुनरूत्थानका लागि हुँदै आएको अन्तर्राष्ट्रिय अभ्यास अध्ययन गरी सरकारलाई आगामी रणनीति निर्माण गर्न सहयोग पु‍र्याउने उद्देश्य रहेको बोर्डले जनाएको छ।

मुलुकको विदेशी मुद्रा आर्जनको भरपर्दो स्रोत एवं रोजगारी सृजना तथा सिंगो मुलुकको अर्थतन्त्रको भविष्यको बलियो आधारका रूपमा स्थापित हुँदै गरेको पर्यटन क्षेत्र यो महामारीको सबैभन्दा ठूलो शिकार बन्न पुगेको उल्लेख गर्दै लकडाउन सुरु भएयता पर्यटन क्षेत्रमा आश्रित लाखौं परिवारलाई बिचल्ली बनाएको छ भने हजारौं व्यवसायीहरु पलायन हुने अवस्थामा पुगेको बोर्डले बताएको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad