दसैँ सकिएसँगै काठमाडौं उपत्यका भित्रिनेको संख्या बढेको छ। दसैँ मनाउन आफ्नो गाउँ गएका यात्रु काठमाडौं फर्किन थालेका हुन्।
कात्तिक ९ गते नवमीको दिन ६ हजार ३ सय उपत्यका भित्रिएकोमा कात्तिक १५ गते पूर्णमाको दिन २९ हजार ३ सय उपत्यका भित्रिएका छन्।
विगतका दसैँमा २० लाखसम्म काठमाडौं उपत्यका छाडेकोमा यो वर्ष करिब ३ लाखले मात्रै उपत्यका छाडेको यातायात व्यवसायी बताउँछन्।
ट्राफिक प्रहरीका अनुसार टीकापछि काठमाडौं उपत्यका फर्किनेको संख्या बढेको हो। कात्तिक १० गते टीकाको दिन ९ हजार ९ सय ६० जना भित्रिएकोमा ११ गते १५ हजार उपत्यका भित्रिएका थिए।
त्यसैगरी १२ र १३ गते २४–२४ हजार, १४ गते साढे २७ हजार, १५ गते २९ हजार र १६ गते २८ हजार यात्रु उपत्यका भित्रिसकेका छन् । काठमाडौं उपत्यकामा दैनिक करिब ५ हजार सावरी साधन भित्रिरहेको ट्राफिक प्रहरीले जनाएको छ।
कोभिड १९का कारण उपत्यकामा भएका अधिकांस मानिस बाहिर गएनन् । सरकार तथा जनस्वास्थ्यविदले कोरोनाको जोखिम हुने भन्दै जहाँ छौं त्यहि दशैं मनाउन आग्रह गरेका थिए।
यातायात व्यवसायीले अधिकांश यात्रु चैतमा लकडाउनको समयमा नै धेरैले उपत्यका छाडेको भन्दै दशैंमा यात्रु कम भएको बताएका छन्। उच्चशिक्षाका लागि अधिकांस विद्यार्थी काठमाडौं आउने गर्छन्।
चैतदेखि शैक्षिक संस्था बन्द हुँदा आफ्नो गाउँ÷घर गएका विद्यार्थी आएका छैनन्। शैक्षिक संस्थाले अनलाइन कक्षा सञ्चालन गरेपनि अधिकांसले दशैं र तिहारको बीचमा चलाएका छैनन्।
तिहार तथा छठपछि लकडाउन तथा दशैंमा गाउँ गएका विद्यार्थी उपत्यका फर्किदाँ यात्रु बढी हुनेसक्ने व्यवसायीले आकलन गरेका छन्।
अहिले काठमाडौं उपत्यका छाड्ने यात्रुहरुको २२÷२३ हजार रहेका छन् । दशैं शुरुभएपछि २ लाख ८८ हजार यात्रु काठमाडौं उपत्यका भित्रिएका छन् भने ३ लाख ६७ हजार बाहिरिएका छन्।

प्रतिक्रिया