नेपालकै सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स ब्राण्ड बन्न सफल सीजीले हालै बजारमा विभिन्न किसिमका आकर्षक एवं नयाँ नयाँ मोडलका फ्रिजहरु बजारमा ल्याएको छ।
सिङगल डोरयुक्त फ्रिजमा २५ वटा भन्दा बढी मोडलहरुमा उपलब्ध छन्। यी फ्रिजहरु हेर्दा निकै नै अकर्षक देखिन्छन्। विभिन्न किसिमका फुलबुट्टा र रंगहरुमा उपलब्ध यि फ्रिजहरुमा ५ वर्षसम्मको वारेण्टी रहेको छ। यी फ्रिजहरुमा पावरफुल कम्प्रेसर, सुपर कुइक आइस, ग्रिप ह्न्डल आदि जस्ता विशेषता रहेका छन्।
सीजीले वाटर डिस्पेन्सरस्हित नयाँ फ्रिज बजारमा ल्याएको छ। यसमा फ्रिजभित्रको चिसो पानी फ्रिजको ढोका नखोलिकनै पनि लिन सकिने कम्पनीले जनाएको छ। यसमा कुईक फ्रिजिङ, ए ++ इनर्जिङ लेवल, डिजिटल कन्ट्रोल, ४डि फ्रिजिङ जस्ता विशेषताहरु रहेका छन्। त्यसै अर्को नयाँ साईड बाई साईड र मल्टिडोर युक्त फ्रिजहरु पनि ल्याएको छ।
यसमा १० वर्षसम्मको वारेण्टी पनि रहेको छ । यी फ्रिजहरुमा आफ्नो खानालाई धेरै समय सम्म ताजा बनाई राख्न सकिन्छ। यसमा ए ++ इनर्जिङ लेवल, डिजिटल कन्ट्रोल, टच स्कृन, एन्टी ब्याक्टेरिया, डियोडोराईजेसन, किड्स लक, अर्लाम आदी जस्ता धेरै विशेषता रहेका छन्।
यसको अर्को प्रमुख विशेषता भनेको यसमा तीनवटा मोडहरु रहेका छन्, जसमा होलिडे फंसन, इको फंसन र सुपर फ्रिज फंसन रहेका छन्। यी मोडहरुको प्रयोग गरी खानालाई धेरै समयसम्म ताजा राख्न सकिने कम्पनीले जनाएको छ।
Shares

प्रतिक्रिया