कारोबार


कोरोना पीडित संघर्ष समिति आन्दोलित

कोरोना पीडित संघर्ष समिति आन्दोलित

नेपालखबर
माघ २०, २०७७ मंगलबार ९:४१,

सहज ढंगले व्यवसाय गर्ने वातावरण बनाइदिन माग गर्दै कारोना महामारीबाट पीडित विभिन्न पेसा तथा व्यवसायीहरु संघर्षमा उत्रिएका छन्।

मंगलबार बालुवाटारमा सडक प्रदर्शन गर्दै कोरोना महामारी पीडित विभिन्न पेसा तथा व्यवसायीहरु संगठित रुपमा संघर्षमा उत्रिएका हुन्।

लकडाउनका कारण ग्यारेजमा थन्किएका सवारी साधनको जाँचपासमा २६ सय प्रतिशतसम्म जरिवाना गरिएको प्रक्रिया पुरा गरेर पनि पर्यटकलाई एराइभल भिसा नखोलेको तथा निम्न मध्यम र मध्यम वर्गका व्यवसायीले पुनर्कर्जा र व्यवसाय निरन्तरताका लागि सहुलियत कर्जा नपाएको भन्दै व्यवसायीहरु आन्दोलित भएका हुन्।

मौद्रिक नीतिमा साना व्यवसायीलाई नसमेटिएको तथा बैंकको अन्याय अत्याचार बढेका कारण आन्दोलनमा आउनुपरेको नेपाल पर्यटक यातायात व्यवसायी संघका अध्यक्ष रामहरी शर्माले बताए।

मौद्रिक नीति सबैमा समान प्रकारले लागू गर्नुपर्ने, अनावश्यक सरकारी कर र जरिवानाको अन्त्य गरी व्यवसायीलाई काम गरेर खाने वातावरण बनाइदिन माग गरिएको छ।

मंगलबार र बुधबार शान्तिपूर्ण धर्ना गर्ने र माग पुरा नभए कडा रुपको आन्दोलनको कार्यक्रम घोषणा गर्ने जनाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad