देशकै सबैभन्दा ठूलो छड उत्पादक कम्पनी अम्बे स्टील्सले नुवाकोटमा डिलरहरुसँग डिलर सम्मेलन २०७७ सम्पन्न गरेको छ।
कार्यक्रममा अम्बे स्टील्सका ब्राण्ड एम्बेसेडर हरिवंश आचार्य र मदन कृष्ण श्रेष्ठलगायत नुवाकोट जिल्लाका उच्च पदस्थ व्यक्तिहरुको पनि सहभागिता रहेको थियो।
सम्मेलनको मुख्य उद्देश्य वर्षैंदेखि अम्बे स्टील्स्ले ग्राहकहरुलाई प्रदान गर्दै आएको बिक्री तथा सेवाहरुको सुधार गर्दै अझै व्यापक बनाउन केन्द्रित रहनुका साथै डिलरहरुबीचको आपसी सम्बन्धलाई प्रगाढ बनाउने रहेको कम्पनीले जनाएको छ।
अम्बे स्टील्स्ले आफ्नो भैरहवा र नेपालगञ्जमा अवस्थित दुईवटा फ्याक्ट्रीबाट नेपालकै सबैभन्दा बढी दैनिक एक हजार चार सय टन छड उत्पादन गरी नेपाली बजारमा पुर्याउँदै आएको छ। सो कम्पनीबाट उत्पादित टि.एम.टि छड अन्तर्राष्ट्रिय गुणस्तरको हाई डक्टिलिटी भएको हुनाले नेपाली बजारमा सबैभन्दा बढि रुचाइएको छड हो। हाल यसले एफई५००डी छड पनि उत्पादन गरी उपभोक्ता माझ पुर्याउँदै आएको छ।
कार्यक्रममा कम्पनीलाई नयाँ उचाईमा पुर्याउन डिलरहरुको मिहेनत र योगदानलाई सम्मान गर्दै कम्पनीका आगामी रणनीति र भाबी योजनाबारे छलफल गरिएको थियो।
सम्मेलनमा अम्बे स्टील्स्का प्रतिनिधिले भने, ‘यहाँहरुका मिहेनत र ग्राहकसेवाले गर्दा कम्पनीले नयाँ उचाई मापन गरेको छ। यसको लागि देशभरका डिलरहरुप्रति आभार प्रकट गदछौं। हामीहरुले यो उचाई कायम राख्न अझै बढि ग्राहकसेवामा केन्द्रित रहेर बिक्री सेवामा सुधार गर्दै जानुपर्छ। साथै, ग्राहकहरुको विश्वास जित्दै कम्पनीको लक्ष्य हासिल गर्न हामी निरन्तर लागि पर्नुपर्छ।’

प्रतिक्रिया