बिजनेस म्यागेजिन फोर्ब्सले हालै सार्वजनिक गरेको सूचीमा यसवर्ष बेइजिङमा ३३ नयाँ अर्बपति थपिएका छन्।
यससँगै बेइजिङमा अर्बपतिहरुको संख्या एक सय पुगेको छ। न्युयोर्कमा भने ९९ अर्बपति रहेको फोर्ब्सले जानकारी दिएको छ।
न्युयोर्क गतवर्ष सबैभन्दा बढी अर्बपति भएको पहिलो नम्बरको शहर थियो। एउटा शहरमा मात्र सबैभन्दा बढी अर्बपति भएको देश चीन भएता पनि विश्वमै सबैभन्दा बढी अर्बपति भने अमेरिकामै छ।
अमेरिकामा ७२४ अर्बपति छन् भने चीनमा ६९८ अर्बपति छन्। चीनमा धेरै अर्बपति थपिनुको कारण कोरोना भाइरसको प्रकोपमा पनि त्यहाँको अर्थतन्त्र चलायमान रहनुलाई कारण मानिएको छ। बीबीसी
यो पनिः नेपालका एक्ला डलर अर्बपति चौधरी फोर्ब्सको सूचीमा २१४१औँ नम्बरमा, कति पुग्यो सम्पत्ति?

प्रतिक्रिया