कारोबार


चौधरी ग्रुपको नवलपुरमा रहेको बियर फ्याक्ट्रीमा भीषण आगलागी

चौधरी ग्रुपको नवलपुरमा रहेको बियर फ्याक्ट्रीमा भीषण आगलागी

नेपालखबर
जेठ १९, २०७८ बुधबार ७:५,

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दुम्कौलीमा रहेको चौधरी उद्योग ग्रामको बियर प्लान्टमा आगलागी भएको छ।

आज बिहान अचानक भएको आगलागी नियन्त्रणका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीसहित तीनवटा वारुणयन्त्र (दमकल) प्रयोग गरिएको छ ।

आगलागीका कारण थाहा हुन नसकेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए।

जिल्लाको देवचुली–२ मा रहेको चौधरी उद्योगग्रामअन्तर्गत नेपाल आइस बियर प्लान्टमा आगलागी भएको गिरीले बताए।

आगलागी नियन्त्रणका लागि चितवनको भरतपुरबाट गएको नेपाली सेना, कावासोती नगरपालिका र चितवनको खैरहनी नगरपालिकाको वारुणयन्त्रले प्रयास गरिरहेको गिरीले बताए।

बियर प्लान्टमा अहिले पनि आगो बलिरहेको छ। आगलागी भएको स्थानमा सिजी ग्रुपका प्रमुख एवं निवर्तमान सांसद विनोद चौधरीसमेत पुगेका छन्।

चौधरी पछिल्लो केही दिनयता उतै बसिरहेका छन्।

आगलागीका कारण कुनै पनि मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ।

सीजीको जनसम्पर्क हेर्ने जीएम मधुसुदन पौडेलले नेपाल आइस बियर उत्पादन हुने फ्याक्ट्रीमा ठूलो आगलागी भएको नेपालखबरलाई जानकारी दिए।

उनले भने, ‘ठूलो आगलागी भएको छ, आगो निभाउन सेना, प्रहरीसहित छ वटा दमकल प्रयोग भएका छन्।’

क्षतिको विवरण एकीन हुन समय लाग्ने उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad