कारोबार


लक्ष्मी बैंक र लक्ष्मी केयर्सद्वारा ‘दिग्गजमा समर्पित’ वार्षिक कार्यक्रमको आयोजना

लक्ष्मी बैंक र लक्ष्मी केयर्सद्वारा ‘दिग्गजमा समर्पित’ वार्षिक कार्यक्रमको आयोजना

नेपालखबर
भदौ ३०, २०७६ सोमबार १०:२५,

लक्ष्मी बैंक र लक्ष्मी केयर्सले संयुक्त रुपमा प्रतिष्ठित गायक दीप श्रेष्ठको सांगितीक यात्राको ५० वर्षको अवसरमा कोष स्थापनाको लागि सांगितीक कार्यक्रमको आयोजना गरेको छ।

कार्यक्रममा नेपाली गीत, संगीतसँग सम्बन्धित विभिन्न सर्जक, पारखी एवं संगीतकारहरुको उपस्थिति रहेको थियो। कोष स्थापनाको लागि आयोजना गरिएको यस कार्यक्रमबाट संकलन भएको रकम सम्पदा सूचीमा परेका दुईवटा स्थानहरुका लागि विद्युतीय सवारी साधनको व्यवस्थामा प्रयोग गरिने छ। यी विद्युतीय गाडीको प्रयोग बृद्ध एवं शारीरिक रुपमा अशक्त व्यक्तिहरुका लागि निःशुल्क रुपमा प्रयोग गरिने छ। कार्यक्रम सोल्टी क्राउन प्लाजामा आयोजना गरिएको थियो। यस कार्यक्रमसँगै लक्ष्मी केयर्सले वार्षिक शृंखलाको रुपमा यस्तो कार्यक्रम संचाला गर्नेछ।

लक्ष्मी केयर गत १४ वर्षदेखि निरन्तर रुपमा लक्ष्मी बैंकका कर्मचारीहरुले सञ्चालन गर्दै आएको एक सामाजिक संस्था हो। यसले आफ्नो स्थापनावर्षदेखि ग्रिन इनिसिएटिभ, नारी शिक्षा तथा वित्तीय साक्षरता जस्ता क्षेत्रहरुमा सक्रीय रुपमा कार्य गर्दै आइरहेको छ। यस संस्था अन्तर्गत लक्ष्मी केयरले गढीमाई मन्दिर, चण्डेश्वरी मन्दिर, पाटन दरबार क्षेत्र, बागमती पुल, सिहंदरबार तथा विभिन्न स्थानहरुमा सौर्य बत्तिहरुको जडान समेत गरेको छ। पशुपतिनाथ मन्दिरमा इलेक्ट्रीक गाडीको व्यवस्था गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad