कारोबार


सरकारसँग सत्तारुढ दलकै सांसद रुष्ट, विकास समितिमा पोखे असन्तुष्टि

सरकारसँग सत्तारुढ दलकै सांसद रुष्ट, विकास समितिमा पोखे असन्तुष्टि

नेपालखबर
असार ४, २०७६ बुधबार ७:७,

सत्तारुढ दलकै प्रतिनिधिसभाका सांसदहरुले सरकारले विकास, निर्माणको कामलाई अघि बढाउने गरी आवश्यक वातावरण मिलाउन नसकेको भन्दै असन्तुष्टि जनाएका छन्।

प्रतिनिधिसभाअन्तर्गतको विकास तथा प्रविधि समितिको बुधबारको बैठकमा बोल्दै सत्तारुढ नेकपाका सांसदद्धय टोपबहादुर रायमाझी र गौरीशंकर चौधरीले सरकारले विकास निर्माणको कामलाई अघि बढाउने गरी निर्माण सामग्रीको व्यवस्था गर्न नसकेको भन्दै असन्तुष्टि जनाउनु भएको हो।

सांसद चौधरीले गिटी, ढुंगा र बालुवा जेठ मसान्तसम्म मात्रै झिक्न पाउने व्यवस्थाका कारण असारमा गर्नुपर्ने थुपै्र विकास, निर्माणको कामहरु अलपत्र परेको भन्दै सरकारको आलोचना गरे। असारमा पनि गिटी, ढुंगा र बालुवा झिक्न पाउने व्यवस्था सरकारले नमिलाएकै कारण असारमा गर्नुपर्ने विकास, निर्माणको कामले गति लिन नसकेको उनको भनाइ छ।

नेकपाकै अर्का सांसद टोपबहादुर रायमाझीले विकास र समृद्धि मुलुकको लक्ष्य भएकाले सोहीअनुसारको वातावरण बनाउन सरकारसँग माग गरे। उनले गिटी, बालुवा र ढुंगा मापदण्ड पूरा गरेका खोलाहरुबाट असारमा पनि निकाल्न मिल्ने गरी कानुनी व्यवस्था गर्न ढिलाई नगर्न पनि सरकारलाई सचेत गराए। असारमा गिटी, बालुवा र ढुंगा निकाल्न नपाउने कानुनी व्यवस्थाका कारण कतिपय ठूलो आयोजनाहरुको काम पनि अघि बढन नसकेको रायमाझीको भनाइ थियो।

सांसद रायमाझीले गिटी, ढुंगा र बालुवा उत्खनन्को काम जथाभावी नगराउन पनि सरकारको गम्भीर ध्यानाकर्षण गराए। बैठकमा समितिकी सभापति कल्याणी खड्काले विकास, निर्माणको कामलाई तीव्रता दिन सरकारलाई सचेत गराइन्। उनले क्षमता नै नभएका ठेकेदार कम्पनीलाई कामको जिम्मा दिने गरेकाले विकास, निर्माणको काममा ढिलाई हुने गरेको उल्लेख गर्दै त्यसो नगर्न पनि सरकारलाई निर्देशन गरिन्।

संघीय संसदको विकास तथा प्रविधि समितिले विकास, निर्माणको कामलाई तोकिएकै समयमा गुणस्तरीय ढंगबाट सम्पन्न गराउन पनि सरकारलाई पटक–पटक निर्देशन दिँदै आएको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad