कारोबार


रेनोको बिक्रेता एड्भान्स अटोले कमायो २ अर्ब २८ करोड

रेनोको बिक्रेता एड्भान्स अटोले कमायो २ अर्ब २८ करोड

नेपालखबर
असार २६, २०७९ आइतबार १२:५६, काठमाडौँ

एडभान्स अटो मोबाइल्सले ८२.२६ प्रतिशतले व्यापार वृद्धि गरेको छ। रेनो मोटर्सको आधिकारिक बिक्रेता एडभान्स अटो मोबाइल्सले व्यापार बढाएको हो। 

एडभान्स अटो मोबाइल्सले २०२० को तुलनामा सन् २०२२ मा ८२.२६ प्रतिशतले व्यापार वृद्धि गरेको छ। रेनो मोटर्सको आधिकारिक बिक्रेता एडभान्स अटो मोबाइल्सले उक्त वर्ष १ अर्ब ६६ करोड रुपैयाँको व्यापार गरेको छ। कम्पनीले २०२२ मा २ अर्ब २८ करोड रुपैयाँ आम्दानी गरेको छ। 

विशाल ग्रुपअन्तर्गतको रहेको एडभान्स अटो मोबाइल्सले फ्रेन्च ब्रान्ड रेनो बिक्रीवितरण गर्दै आएको छ। २०२० मा कोभिडको कारण ५१.३७ प्रतिशतले घटेको व्यापार २०२१ मा बढेको देखिएको छ। कम्पनीले करअघिको नाफा ८.७३ प्रतिशत सुधार गरेको छ। २०२० मा आफ्नो व्यापार झन् बढाएको देखिएको हो। 

केयर रेटिङ एजेन्सीका अनुसार कोभिडअघि २०१९ मा कम्पनीले १ अर्ब ८९ करोडको व्यापार गरेको थियो। २०२० मा कोभिडको कारणले ९२ करोड रुपैयाँको मात्रै व्यापार गर्न सफल भयो। २०२१ मा आफ्नो व्यवसाय बढाउँदै १ अर्ब ६८ करोड आम्दानी गर्यो। कम्पनीले २०२० मा ३११ गाडी बिक्री गरेकोमा २०२१ मा ६१८ युनिट गाडी बिक्री गरेको छ। २०२२ मा ८३४ युनिट गाडी बिक्री भएका छन्। कम्पनीले २०२२ मा २ अर्ब २८ करोड रुपैयाँ आम्दानी हुने भएको छ। 

तर सरकारले गाडी आयातमा गरेको कडाइले कम्पनीलाई अप्ठ्यारो पर्ने भएको छ। सरकराले असार मसान्तसम्म गाडी आयातमा पूर्ण बन्देज लगाएको छ। एडभान्स अटोमोबाइल्स प्रालि २०१३ सालमा स्थापना भई २०१६ मा रेनोको आधिकारिक बिक्रेता बनेको थियो। कम्पनीले नेपालमा रेनोका प्यासेन्जर भेहिकलसँगै सर्भिस र पार्ट्सको व्यापार गरिरहेको छ। 

कम्पनीले काठमाडौंमा २ वटा शोरुम र २ वटा सर्भिस सेन्टर काठमाडौंमा मात्रै सञ्चालन गरिरहेको छ। देशभर २१ वटा नेटवर्क विस्तार गरेको छ। कम्पनीले छोटो समयका लागि मात्रै १ अर्ब ११ करोड ऋण लिन सकिन्छ। एडभान्स अटो मोबाइल्सले नेपालमा काइगर, ट्राइबर, क्विड र डस्टरका मोडल बिक्रीवितरण गर्दै आएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad