नाडा ईभी एक्स्पो बिहान ११ बजेदेखि ६ बजेसम्म चल्ने भएको छ। असोज ६ देखि ९ गतेसम्म ईभी एक्स्पो हुँदै छ।
एक्स्पोमा विद्युतीय सवारी साधन प्रर्दशनी मात्रै नभई विद्युतीय सवारी साधनको सेमिनार समेत हुँदै छ। सेमिनार असोज ७ देखि ९ गतेसम्म चल्नेछ।
भृकुटी मण्डपमै २ बजेदेखि ५ बजेसम्म सेमिनार चल्ने नाडाले जनाएको छ।
नाडा ईभी एक्स्पोमा टाटा, हुन्डाई, टेस्लासहित ७ वटा चारपांग्रे र १६ वटा दुई पांग्रे साधनको सहभागिता रहने छ। बैंक, बीमा, पार्टस् गरी ५१ वटा स्टल रहने नाडाले जनाएको छ।
नाडा एक्स्पोमा प्रवेशकोलागि विद्यार्थीलाई १५० र सर्वसाधारणको लागि २०० रुपैयाँ तोकिएको छ। टिकट खल्ती एपबाट काट्न सकिन्छ।
42
Shares
प्रतिक्रिया