ad ad

कारोबार


नाडा ईभी एक्स्पोमा हिरोका स्कुटर किन्दा २५ हजारसम्म नगद उपहार

नाडा ईभी एक्स्पोमा हिरोका स्कुटर किन्दा २५ हजारसम्म नगद उपहार

नेपालखबर
असोज ६, २०७९ बिहिबार १३:४३, काठमाडौँ

भारतमा उत्पादित हिरो इलेक्ट्रिक स्कुटरको नेपालका लागि आधिकारिक विक्रेताको रुपमा लक्ष्मी ई. मोविलिटी प्रा.लि. (लक्ष्मी ग्रुपको भागिनी संस्था) ले नेपालमा हिरो इलेक्ट्रिक स्कुटरको बिक्री वितरण प्रारम्भ गरिसकेको छ। 

लक्ष्मी ई. मोबिलिटी प्रा. लि. ले नाडा ईभि अटो सो मा स्टल नं. सी७ मा बुकिंग गरी स्कुटर खरिद गर्न चाहने ग्राहकको लागि नगदसहित आकर्षक गिफ्ट ह्याम्पर प्रदान गर्ने भएको छ। 

उपहारमा २५ हजार रुपैयाँसम्मको नगद पुरस्कार र लक्की ड्रमार्फत एक जनालाई जर्मन ब्राण्ड बोस वासिंग मेसिन रहेका छन्।

नेपाली बजारमा एनवाईएक्स, फोटोन र सिंगल तथा डबल ब्याट्री सहितको अप्टीमा गरी चार मोडलका इलेक्ट्रिक स्कुटर उपलब्ध गराइएको छ । एक पटक फूल चार्ज गरी ८२ किलोमिटर देखि १६५ किलोमिटर सम्मको रेन्ज दिने यी स्कुटरहरुले भारतसहित नेपालमा पनि अति राम्रो बजार लिएको छ ।

भारतमा हिरो इलेक्ट्रिकका १२ मोडल उपलब्ध छन् । नेपाली बजारमा हाल चार मोडेल उपलब्ध गराइएको छ र थप नयाँ मोडलको बारेमा जानकारी लिनको निम्ति आजै नाडा ईभि अटो सो मा स्टल नं. सी७ मा सम्पर्क गर्न सकिनेछ ।

एक दशक भन्दा लामो समयदेखि भारतमा नं. १ स्थान ओगट्न सफल हिरो इलेक्ट्रिकको नेपालको लागि आधिकारीक विक्रेता लक्ष्मी ई. मोविलिटी प्रा. लि. ले नेपालभरका ईच्छुक पक्षबाट डिलरसिपको लागि  समेत आवेदन लिँदै छ।

हिरो इलेक्ट्रिक भारतको पहिलो र सबैभन्दा ठूलो इलेक्ट्रिक टु ह्विलर्स स्कुटर निर्माता कम्पनी हो । हिरो  इलेक्ट्रिकका हजारौं सन्तुष्ट ग्राहकहरु छन् । हिरो इलेक्ट्रिकले भारतमा इलेक्ट्रीक मोविलिटी  क्षेत्रमा एक दशकभन्दा लामो समयदेखी अग्रस्थान ओगट्दै आइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .