आन्तरिक राजस्व कार्यालय, बालाजुद्वारा आर्थिक वर्ष २०७७/२०७८ मा सबैभन्दा बढी कर तिर्ने करदातालाई पुरस्कृत गर्ने कार्यक्रम आयोजना गरेको छ।
सो अवसरमा अग्नि ग्रुपअन्तर्गत बालाजु अटो वर्क्स प्रालिलाई आन्तरिक राजस्व कार्यालय, बालाजुद्वारा आय वर्ष २०७७/२०७८ मा व्यापार क्षेत्रबाट सबैभन्दा बढी आयकर दाखिला गरिएकोले राष्ट्रिय कर दिवस २०७९ को अवसरमा आन्तरिक राजस्व कार्यालय, बालाजुद्वारा कदरस्वरुप सम्मान–पत्र प्रदान गरिएको हो।
बालाजु अटो वर्कस प्राइभेट लिमिटेड नेपालमा महिन्द्राको लागि आधिकारिक सेवा केन्द्र हो।
झन्झटमुक्त सवारीसाधन सेवाका साथसाथै, कम्पनीले महिन्द्रा गाडीको जेन्युन स्पेयर पार्ट्स र म्याक्सिमाइल लुब्रिकेन्टहरू प्रदान गर्दछ।
21
Shares
प्रतिक्रिया