ad ad

कारोबार


सुजुकीले ल्यायो ग्रान्ड भिटारा र नयाँ ब्रेजा, कुनको मूल्य कति?

सुजुकीले ल्यायो ग्रान्ड भिटारा र नयाँ ब्रेजा, कुनको मूल्य कति?

नेपालखबर
फागुन २६, २०७९ शुक्रबार १५:२९, काठमाडौँ

सवारीसाधन ब्रान्ड सुजुकीले नेपालमा ग्रान्ड भिटारा र नयाँ ब्रेजा सार्वजनिक गरेको छ। 

सुजुकीको आधिकारिक बिक्रेता सीजी होल्डिंग्सअन्तर्गतको सीजी मोटोकर्प र सीजी नेक्स्टजेनले दुई नयाँ एसयूभी नेपालमा सार्वजनिक गरेको हो। 

एक कार्यक्रम गरी सार्वजनिक भएका गाडीहरु कुल १५ मोडलमा सार्वजनिक भएका छन्। कम्पनीले दुवै गाडीका मोडलअनुसारको मूल्य पनि सार्वजनिक गरेका छन्। 

यसअनुसार दुईमध्ये ग्रान्ड भिटारा स्मार्ट हाइब्रिड जेटा ५एमटीको चालू आवको मूल्य ६३ लाख ९९ हजार रहेकामा सुरुवाती मूल्य ६० लाख ९९ हजार तोकिएको छ। 

त्यसैगरी नयाँ ब्रेजा स्मार्ट हाइब्रिड ‘ब्रेजा एलएक्सआई’को चालू आवको मूल्य ४४ लाख ९९ हजार रहेकामा सुरुवाती मूल्य ४१ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। 

कुन मोडलको कति मूल्य? 

क्र.सं. मोडल भेरियन्ट मूल्य रु. (२०७९/०८०) सुरुवाती अफर (रु‍.)
ग्रान्ड भिटारा स्मार्ट हाइब्रिड जेटा ५एमटी ६३,९९,००० ६०,९९,०००
ग्रान्ड भिटारा स्मार्ट हाइब्रिड अल्फा २डब्ल्यूडी मोनोटोन ५एमटी ७१,९९,००० ६८,९९,०००
ग्रान्ड भिटारा स्मार्ट हाइब्रिड अल्फा २डब्ल्यूडी ड्युलटोन ५एमटी ७२,२९,००० ६९,२९,०००
ग्रान्ड भिटारा स्मार्ट हाइब्रिड अल्फा ४डब्ल्यूडी मोनोटोन ५एमटी ७९,९९,००० ७५,९९,०००
ग्रान्ड भिटारा स्मार्ट हाइब्रिड अल्फा ४डब्ल्यूडी ड्युलटोन ५एमटी ८०,२९,००० ७६,२९,०००
ग्रान्ड भिटारा स्ट्रङ हाइब्रिड जेटा + मोनोटोन इ-सीभीटी ८३,९९,००० ७९,९९,०००
ग्रान्ड भिटारा स्ट्रङ हाइब्रिड जेटा + ड्युलटोन इ-सीभीटी ८४,२९,००० ८०,२९,०००
ग्रान्ड भिटारा स्ट्रङ हाइब्रिड अल्फा +मोनोटोन इ-सीभीटी ८७,९९,००० ८४,९९,०००
ग्रान्ड भिटारा स्ट्रङ हाइब्रिड अल्फा +ड्युलटोन इ-सीभीटी ८८,२९,००० ८५,२९,०००
१० ब्रेजा स्मार्ट हाइब्रिड ब्रेजा एलएक्सआई ४४,९९,००० ४१,९९.०००
११ ब्रेजा स्मार्ट हाइब्रिड ब्रेजा भीएक्सआई ४८,९९,००० ४५,९९,०००
१२ ब्रेजा स्मार्ट हाइब्रिड ब्रेजा जेटएक्सआई मोनोटोन ५०,९९,००० ४७,९९,०००
१३ ब्रेजा स्मार्ट हाइब्रिड ब्रेजा जेटएक्सआई ड्युलटोन ५१,२९,००० ४८,२९,०००
१४ ब्रेजा स्मार्ट हाइब्रिड ब्रेजा जेटएक्सआई+मोनोटोन ५५,९९,००० ५२,९९,०००
१५ ब्रेजा स्मार्ट हाइब्रिड ब्रेजा जेटएक्सआई+ड्युलटोन ५६,२९,००० ५३,२९,०००

कुनमा के विशेषता? 
द ग्रान्ड भिटारा

द ग्रान्ड भिटारा सुजुकीको चर्चित मोडल हो। कम्पनीले अहिले नयाँ संस्करणको ग्रान्ड भिटारा सार्वजनिक गरेको छ। यसमा आफ्नै ‘क्राफ्टेड फ्युचरिज्म डिजाइन ल्यांग्वेज’ प्रयोग गरिएको कम्पनीको दाबी छ। 

अरुभन्दा फरक बाहिरी डिजाइन र प्रिमियम इन्टेरियर प्रदान गरिएको ग्रान्ड भिटारामा अफरोड क्षमता बढाउने अल ग्रिप प्रविधि रहेको छ।  यसमा अत्याधुनिक र कम इन्धन खपत गर्ने फुल हाइब्रिड प्रविधियुक्त इन्जिन प्रयोग गरिएको छ। 

भिटारा ब्रेजा 
त्यसैगरी कम्पनीले पुरानो संस्करणको चर्चित भिटारा ब्रेजाको पनि नयाँ संस्करण सार्वजनिक गरेको छ। ब्रेजामा अत्याधुनिक प्रविधि र अर्को पुस्ताको आराम र सुविधाजनक फिचर रहेको कम्पनीले जनाएको छ। 

स्टाइलिर र रोमाञ्चक नयाँ डिजाइन, शक्तिशाली प्रस्तुति, उन्नत सुरक्षा सुविधा यसका विशेषता रहेका छन्। नयाँ ब्रेजामा हाइटेक सुविधाहरु पनि रहेका छन्। यसले सहर र बाहिरी सडकमा ड्राइभ गर्दा उपयोगी हुने कम्पनीले जनाएको छ। 

कार्यक्रममा सीजी होल्डिंग्सका कार्यकारी निर्देशक करण चौधरीले पछिल्लो समय नेपाली बजारमा एसयूभीको माग उच्च रहेको बताए। 

उनले भने, ‘यसको एउटा प्रमुख कारण हाम्रो देशमा रहेको फरक फरक ड्राइभिङ कन्डिसन हुन्। जसको लागि एसयूभी उचित हुन्छ।’ 

उनले नयाँ ग्रान्ड भिटारा र ब्रेजा यो सेग्मेन्टमा गेमचेन्जर हुने बताए। 

भिडिओ

तस्बिरहरु 

तस्बिर/भिडिओ : सरोज नेपाल

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .