ad ad

कारोबार


रुसमा आधिपत्य जमाउँदै चिनियाँ कार, नयाँ बिक्रीमा ४० प्रतिशत हिस्सा

रुसमा आधिपत्य जमाउँदै चिनियाँ कार, नयाँ बिक्रीमा ४० प्रतिशत हिस्सा

नेपालखबर
चैत १५, २०७९ बुधबार १२:४३, काठमाडौँ

चिनियाँ कार ब्रान्डले रुसमा अवसर पाउन थालेका छन्। पश्चिमा कार निर्माताले रुस छाड्दै गर्दा चिनियाँ ब्रान्डहरु हाभल, चेरी र गिलीलगायतले रुसमा अवसर पाउनथालेका हुन्।

यी चिनियाँ कारले अहिले रुसको नयाँ कार बिक्रीमा ४० प्रतिशत हिस्सा ओगटेको बजार विश्लेषक संस्था अटोस्ट्याट र कन्सल्टिङ कम्पनी पीपीकेको तथ्यांकले देखाएको छ । सन् २०२२ को जनवरीमा यस्तो हिस्सा १० प्रतिशतभन्दा तल थियो ।

पश्चिमा ब्रान्डहरु रेनो, निसान र मर्सिडिजलगायत निक्लिँदा चिनियाँ कार रुसी नागरिकको रोजाइमा पर्नथालेको बताइएको छ । तर ती कार समस्यारहित नभएको उपभोक्तालाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ । पश्चिमा प्रतिस्पर्धीको तुलनामा चिनियाँ कारको गुणस्तर निकै कमसल भएको उनीहरुले बताएका छन् । बजार हिस्सा उकासिँदै गर्दा यसले चिनियाँ कार उत्पादकलाई गुणस्तर सुधारेर आफ्नो प्रसिद्धि जोगाउनुपर्ने देखाएको छ ।

स्टेपान नामका एक उपभोक्ताले गुणस्तरमा ठूलो भिन्नता रहेको बताए । उनले सन् २०२२ मा एउटा स्कोडा खरिद गरेका थिए । फक्सवागन ग्रुपको एक हिस्सा चेक कार निर्माता स्कोडा अटोले पनि रुसको आफ्नजो सम्पत्ति बिक्री गर्ने अन्तिम तयारी गरिरहेको छ । त्यस्तै अलेजेन्डर नामका ७४ वर्षीय रुसी उपभोक्ताले समयअनुसार विश्वसनीयतामा सुधार आउने आशा गरे ।

रुसमा चिनियाँ ब्रान्डको बजार हिस्सा जनवरी–फेब्रुअरीमा ३७.१५ प्रतिशत पुगेको छ जुन एक वर्षअघिको सोही अवधिमा ९.४८ प्रतिशत मात्र थियो । अटोस्ट्याट र पीपीकेको डेटाअनुसार युरोपेलीलाई छोडेर जापानी र कोरियाली ब्रान्डको हिस्सा ७० प्रतिशतबाट घटेर २२.६ प्रतिशतमा झरेको देखाएको छ । त्यसो त रुसमा नयाँ कार बिक्री नै घटेको पनि देखिएको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .