ad ad

कारोबार


नयाँ वर्षमा जम्बो इलेक्ट्रिकल स्कुटर किने २ हेल्मेट र २५ हजार छुट दिने

नयाँ वर्षमा जम्बो इलेक्ट्रिकल स्कुटर किने २ हेल्मेट र २५ हजार छुट दिने

नेपालखबर
चैत २७, २०७९ सोमबार १३:२७, काठमाडौँ

नेपाली नयाँ वर्ष २०८० लाई लक्षित गर्दै जम्बो इको भेहिकल प्रालिले नयाँ वर्ष अफरमा नगद छुटसहित उपहार योजना ल्याएको छ। 

कम्पनीले पहिलो पटक इलेक्ट्रिक स्कुटरको खरिदमा दोहोर हेलमेट अर्थात् दुईवटा हेल्मेट उपहार दिने योजना ल्याएको हो। 

नगद छुटले ग्राहकलाई स्कुटर खरिद गर्न आकर्षित गरे पनि सुरक्षालाई समेत महत्व दिएर यस पटक लेबिनिङ्ग र एमडीकेए ब्राण्डका इलेक्ट्रिक स्कुटरका आयातकर्ता जम्बो इको भेहिकलले नगद छुट २५ हजार रुपैयाँसहित अनौठो योजना ल्याएको कम्पनीका प्रतिनिधिले जनाएका छन्।

लोकन्थली भक्तपुरमा मल्टिब्रान्ड शोरुम अर्थात् विभिन्न ब्राण्ड एकै स्थानमा पाइने शोरुम रहेको कंम्पनीले लेबिनिङ्ग, एमडीकेए, ब्राभो, अरोमा, टेल्जी र स्लोङ्ग ब्राण्डका इलेक्ट्रिक स्कुटर तथा इ–साइकल बिक्रीवितरण गर्दै आएको छ। 

सेल्स, सर्भिस तथा स्पेयर्स सबैको एकै स्थानमा उचित व्यवस्था भएकाले ग्राहकले बिक्रीपश्चात् सर्भिसमा समेत पर्याप्त सुविधा पाउने कम्पनी का प्रतिनिधी बताउँछन्।

हाल जम्बो इको भेहिकलले ३००० वाट सम्मको मोटर भएका, ७२ भोल्टसम्मका इलेक्ट्रिकल स्कुटर तथा ई.साइकलहरु बिक्री वितरण गर्दै आएको छ जसका मूल्य ७० हजार रुपैयाँबाट सुरु हुने गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .