नेपालको लागि सुजुकी गाडीको आधिकारिक बिक्रेता तथा सीजी होल्डिंग्स्को अटोमोबाइल डिभिजन सीजी मोटोकर्पले मनसुन फ्रि सर्भिस क्याम्प सुरु गरेको छ।
यही २९ गतेसम्म चल्ने क्याम्प अवधिभर सुजुकीका ग्राहकले आफ्नो गाडीको सर्भिसमा आकर्षक छुट र अन्य अफर पाउनेछन्। साथै ७ जना भाग्यमानी ग्राहकहरुले आकर्षक एसोसरिज प्याकेज पनि जित्न सक्ने कम्पनीले जनाएको छ।
सर्भिस क्याम्पमा ग्राहकले निःशुल्क एसी/हिटर चेक, ब्याट्री चेक र ओभरअल चेकअपको सुविधा पाउनेछन्।
त्यसैगरी, एसडीटी डायग्नोसिस र ह्विल एलाइनमेन्टमा ५० प्रतिशतसम्मको छुट पाउनेछन् भने लेबर चार्जमा २० प्रतिशतसम्मको छुट र स्पेयर पार्ट्स र इन्जिन आयलमा १० प्रतिशतसम्मको छुट पाउनेछन्।
सुजुकीको मनसुन फ्री सर्भिस क्याम्प’ नेपालभरीका सबै सुजुकी सर्भिस सेन्टरमा हुनेछ। ५४ सर्भिस आउटलेट रहेको सुजुकीसँग नेपालकै ठूलो सर्भिस सञ्जाल छ।
Shares
प्रतिक्रिया