अर्को वर्ष टाटा मोटर्सले भारतमा नयाँ एसयूभी लन्च गर्ने भएको छ।
मिडिया रिपोर्टका अनुसार कम्पनी एसयूभी सेग्मेन्टमा नयाँ प्रोडक्ट लन्चको तयारीमा रहेको हो।
वर्षौँअघि ल्याएको सिएरालाई पुनः ल्याउने तयारी रहेको नवभारत टाइम्सले उल्लेख गरेको छ। यो वर्ष मोबिलिटी एक्सपोमा शोकेस गरिएको यो सेग्मेन्ट अर्को वर्ष बजारमा ल्याउने गरी तयारी गरिएको छ। योसँगै ह्यारियरको ईभी मोडल पनि लन्च हुनसक्नेछ।
टाटा मोटर्सले अर्को वर्ष भारतमा आफ्नो मध्यमआकारको एसयूभी ह्यारियरको ईभी भेरियन्ट पनि लन्च गरिनेछ। यो वर्ष फेब्रुअरीमा मोबिलिटी एक्सपोमा शोकेस गरिएको ह्यारियर ईभीलाई मानिसहरुले रुचाएका थिए। अर्को वर्ष यो गाडी सडकमा देख्न पाइने दाबी गरिएको हो।
ह्यारियर ईभीमा शक्तिशाली ब्याट्री हुनेछ भने यसको रेन्ज ६०० किमिसम्म हुने बताइएको छ। यसको लुक्स र फिचरमा ह्यारियर अब्बल हुने विश्वास छ।
यसबाहेक आइकोनिक सिएरा एसयूभीलाई पुनः बजारमा ल्याउन लागेको टाटाले यसलाई इलेक्ट्रिफाइड मोड्युलर आर्किटेक्चर प्लेटफर्ममा राख्नेछ। सिएरालाई इलेक्ट्रिकसँगै पेट्रोल र डिजेलजस्ता पावरट्रेन विकल्प दिएर बजारमा ल्याउने तयारी छ। ईभीको यो मोडलको रेन्ज ५०० किमिसम्म हुनसक्नेछ।
Shares

प्रतिक्रिया