कारोबार


याडिया इपोक विद्युतीय स्कुटर नेपालमा सार्वजनिक, मूल्य २ लाख ३५ हजार

याडिया इपोक विद्युतीय स्कुटर नेपालमा सार्वजनिक, मूल्य २ लाख ३५ हजार

नेपालखबर
माघ १७, २०८१ बिहिबार १३:५३, काठमाडौँ

याडियाले नयाँ विद्युतीय स्कुटर सार्वजनिक गरेको छ। कुजु नेपाल प्रालिले याडिया इपोक्स इलेक्ट्रिक स्कुटरको सार्वजनिक गरेको हो। 

सहरी यात्रालाई लक्षित गर्दै १५० किमि रेन्ज भएको स्कुटर बजारमा ल्याएको छ। 

३ हजार वाट मोटर जडित स्कुटरले १५० एनएम टर्क जेनेरेट गर्छ। १६ डिग्रीसम्मको उकालो चढ्न सक्ने स्कुटरको अतिकतम गति ६० किमि प्रतिघण्टा छ। 

७२ भोल्ट ब्याट्र रहेको स्कुटर एक पटकको चार्जमा १५० किमिसम्मको यात्रा गर्न सक्छ। आरामदायी यात्राको लागि ३८० एमएम पेडल स्पेस, ६३० एमएम सिट, ३० लिटर स्टोरेज बक्स छन्।

स्कुटरमा डिस्क ब्रेक, १७० एमएम ग्राउन्ड क्लियरेन्स रहेको छ। याडिया इपोकले ब्याट्री र मोटरमा २ वर्ष वा २० हजार किमीसम्मको वारेन्टी दिएको छ।

सय बढी उपस्थित याडियाले विश्वभर १० करोडभन्दा बढी युनिटहरुको बिक्री गरिसकेको छ। स्कुटरको मुल्य २ लाख ३५ हजार रहेको छ। देशभर याडियाका १५ डिलरसिपहरु रहेका छन्। 

२०२५ को अन्त्यसम्म थप १० डिलरसिम राख्ने योजना छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad