कारोबार


सरकारले लागू गर्‍यो दुईपांग्रेमा युरो ५ र चारपांग्रेमा युरो ६ प्रदूषण मापदण्ड

सरकारले लागू गर्‍यो दुईपांग्रेमा युरो ५ र चारपांग्रेमा युरो ६ प्रदूषण मापदण्ड

नेपालखबर
असार १०, २०८२ मंगलबार १५:२४, काठमाडौँ

सरकारले दुईपांग्रेमा युरो ५ र चारपांग्रेमा युरो ६ प्रदूषण मापदण्ड लागू गरेको छ। 

वन तथा वातावरण मन्त्रालयले साेमबार राजपत्रमा सूचना प्रकाशित गर्दै युरो ३ को व्यवस्थालाई संशोधन गरेको हो। 

‘दुईपांग्रे, तीनपांग्रे र चारपांग्रे लघु सवारीसाधनको हकमा युरो ५ र कम्तीमा चारपांग्रा भएका सवारीसाधनको हकमा युरो ६ मापदण्ड बमोजिमको प्रदूषण परीक्षण मान्य हुनेछ।’

सरकारले नीति तथा कार्यक्रममा आगामी वर्षबाट युरो ६ मापदण्ड लागू गर्ने बताएको थियो। मन्त्रिपरिषद्‍मा युरो ६ मापदण्डको प्रस्ताव पुगे पनि विभिन्न कारण देखाउँदै फिर्ता आएको थियो। 

विद्युतीय सवारीलाई प्रवर्द्धन गरिरहेको नेपालले युरो ३ कै गाडी आयात गर्न दिई प्रदूषण बढाउने सहयोग पुर्‍याएको थियो। युरो ३ को तुलनामा युरो ६ का गाडीले कम प्रदूषण गर्छन्।

राजपत्रअनुसार असार ९ गतेसम्म प्रतीतपत्र वा बैंकको माध्यमबाट भुक्तानी गरिसकेको भुक्तानीबमोजिम नेपालमा आयात गरिने सवारीसाधन तथा नेपालमा एसेम्बल हुने वा उत्पादन हुने सवारीसाधनमा प्रदूषण मापदण्ड २०६९ लागू हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad